प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड -८ किटनी (फर्जेङखोला ) का पदम बहादुर केसीले झुण्डिएर आत्महत्या गरेका छन् ।
तस्बिर फाइल फेब्रुअरी २८, २०१३
मावली गाउँ ठाडा जान्छु भनी हिंडेका ५२ वर्षिय पदम चार दिन देखि हराएका र एकास्सी घर देखि ४ किलोमीटर किटनी माथी धरमपानीको एक रित्तो घर गोठमा झुण्डिएको अवस्थामा आज स्थानियले फेला परेका छन् ।
अहिले उनको शव अस्पतालमा पोष्टमार्टम पछि फुदवाङ मुनी बागीखोलामा अन्टेष्टी गरिएको छ ।
उनका एक श्रीमती र ४ छोराछोरी रहेका छन् । उनका एक श्रीमती र छोरा वैदसिक रोजगारीका लागि ओमनमा छन् । भने २ छोरी घरमा रहेको र अर्की एक छोरीको विबाह भइसकेको छ । यस अघि उनी अधिक रुपमा मदिरा सेवन गर्ने गर्थे ।
आत्महत्याको कारण अहिले सम्म खुल्न सकेको छैन । प्रहरी यससम्बन्धी अनुसन्धान गरिरहेको बताएको छ ।