केरुङामा एक १८ वर्षिय युवकले विबाह भएको दुई महिना नपुग्दै आत्महत्या गरे (तस्बिर सहित )

प्रेम खड्का 
केरुङा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) ।  अर्घाखाँची जिल्लाको केरुङामा एक युवकले विबाह भएको दुई महिना नपुग्दै आत्महत्या गरेका छन् ।
केरुङा –  १ स्थित कमरेका कुल प्रसाद विकका १८ वर्षिय छोरा केशब विकले रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । 
गत बैशाख महिनामा विवाह गरेका केशव यस अघी पनि कहिले भिरबाट हाम फाल्ने, कहिले विष खाने प्रयास गर्दा श्रीमती मनिषा विकले बचाउन सफल भएता पनि यो पटक उनले आफ्नो पतिलाई बचाउन सकिनन् । 
केशवले खरेनमा घास कट्न गएको बेलामा देवता उत्रिएर सुनपानी ल्याउन भन्दै श्रीमतीसँग झगडा गरेको निहुमा झुण्डिएर आत्महत्या गरेको स्थानियले बताए । श्रीमती मनिषाले रुखमा झुण्डिएको देखेर डोरी पासो समेत काटेको र बचाउन नसकेको स्थानियले बताए । 
वेहोस् अवस्थामा श्रीमती मनिषा विक । 
अहिले उनको शव अस्पतालमा पोष्टमार्टम लगिएको छ भने आत्महत्याको अन्य कारण अहिले सम्म खुल्न सकेको छैन । प्रहरीले यससम्बन्धी अनुसन्धान गरिरहेको बताएको छ । 

अन्य समाचारहरु