अर्घाखाँचीमा सवारी दुुर्घट्ना न्यूनीकरण गर्न ट्राफिक प्रहरीद्धारा सचेतना अभियानलाई तिव्र

सन्धिखर्कमा
 घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची असार २५ ।   जिल्लामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले  सचेतना अभियानलाई तिव्र पारेको छ  । 
अर्घाखाँचीको सुपादेउराली र सितापुरको झलुगेपुलमा आज  घुम्टि प्रक्षिण  कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख रेशम राना भाटले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक जनचेतनामूलक कार्यक्रमको बारेमा जानकारी दिएका थिए  । 
ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै रानाभाटले नियमको पालना नगर्ने जो सुुकै सवारी चालकलाई नियम अनुुसार कारबाही प्रत्रियालाई अगाडि बढाउने बताउनु भयो । उहाले जिल्लामा ३ महिना सम्म दुर्घटना नभएकाले ६ महिनासम्म दुर्घटना सुन्यमा पु-र्याउनको  लागि अभियान संचालन गरेको बताउनु भयो । 
त्यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले अभियानलाई प्रभावकारी बनाउनका लागि सबै चालक र सहचालकर्ला सचेत रहन आग्रह  गनु भयो । कार्यक्रममा चालक र सहचालक यात्रु  गरि सुपादेउरालीमा २ सय जनाको सहभागिता रहेको थियो ।