स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँचीको पहिलो जिल्ला अधिबेशन साउन १५ गते सन्धिखर्कमा

डिआरजी सुमन
सन्धिखर्क, अर्घाखाँची (२०७३ असार १९ वुधवार) । “पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु” भन्ने नाराका साथ स्थापना भएको स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले स्थापना दिवसको अवसरमा यही साउन १५ जिल्ला अधिबेशन गर्ने मिती तय गरेको छ ।
पत्रकारीता क्षेत्रलाई स्वतन्त्र, निष्पक्ष र राजनीति रहित बनाउने उदेश्यका साथ स्थापना भएको संघले स्वतन्त्र पत्रकार संघमा आवद्धताको लागि सदस्यता खुल्ला राखेको जिल्ला सदस्य डिल्लीराज घिमिरेले जानकारी दिएका छन् । संस्थाले अधिवेशनको अवसरमा यस संघमा आवद्धताको लागी साधारण सदस्यता लिन इच्छुक पत्रकार एवं संचारकर्मीहरुलाई सदस्यता खुल्ला गरिएकोले साउन ०१ गते देखी १३ गते साँझ चार बजेभित्र सस्थाको कार्यालयमा आवस्यक काग़ज़ात सहित सम्पर्कको लागि हार्दिक अनुरोध गरेको छ ।
२०७३ असार २२ गते सन्धिखर्कमा वसेको जिल्ला समितिको वैठकले स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा अर्घाखाँचीको निर्णय वमोजिम निती तथा विधान समितिका संयोजक समेत रहेका जिल्ला समितिका संस्थापक सदस्य घिमिरेले संघ केन्द्रसँगको समन्वयनमा जिल्ला अधिवेशनको लागी वातावरण निर्माण गरी जिल्ला सचिवालयलाई दिएको सुझाव लगतै जिल्ला समितीले अधिवेशनको मिती तय गरिएको हो ।
समय सापेक्षिक अंगाडी वढ्नको लागी यही साउन १५ गते स्थापना दिवसको अवसरमा जिल्ला अधिबेशन गर्न लागिएको स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष हरिप्रसाद भुसालले जानकारी दिएका छन् यसै विच यसअघीको वैठकले गरेको निर्णय वमोजिम साउन १५ गतेको दिन जिल्ला अस्पताल अर्घाखाँचीका विरामीहरुलाई फलफुल वितरण कार्यक्रम राखिएकोमा उक्त कार्यक्रमलाई पनि यथावत राख्दै जिल्ला अधिबेशन सम्पन्न हुने भएको सचिव शिव वेल्वासेले जानकारी दिएका छन । 
अधिवेशनको तयारीसँगै उक्त विहान जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण कार्यक्रम र दिउसो जिल्ला अधिबेशन सम्पन्न गर्ने कार्यक्रम रहेको स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका उपाध्यक्ष अम्विका श्रेष्ठले जानकारी दिएकी छन् ।