सन्धिखर्क नगरपालिकाद्धारा ‘ग’ बर्गका अपाङ्गहरु सम्मानीत

विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अपाङ्ग भएका व्यक्तिहरु समाजवाट तिरस्कृत होइन पुरस्कृत हुदै हरेक रचनात्मक काममा उनीहरुको पनि समान सहभागिता हुन सकेमा मात्र भेदभाव रहित समाजको कल्पना गर्न सकिने सन्धिखर्र्क नगरपालीकाका कार्यकारी प्रमुख रामजी जोसीको वताएका छन् । 
सन्धिखर्क नरपालीकाले आज सन्धिखर्कमा आयोजना गरेको ग वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई नागरिक सम्मान कार्यक्रममा वोल्दै कार्यकारी प्रमुख जोसीले अझैपनि हाम्रो समाजमा अपाङ्गहरुलाई बिभेद गरिएको र उनीहरुलाई कुनै पनि अवसर प्रदान नगरिएको प्रति इङ्गित गर्दै उनीहरुको क्षमता अनुसारको अवसर प्रदान गरेमा मात्र विभेद रहित समाज सिर्जना गर्न सकिने वताएका छन् ।
कार्यक्रमकम सन्धिखर्क नगरपालीकाका २२ जना ग वर्गका अपाङ्गहरु नगद साथै दोसल्लाले सम्मानीत भएका छन् । यसरी सम्मानीत हुनेहरुमा यमलाल कुँवर क्षेत्री, ऋषिराम भुसाल, मनोज बन्जाडे, दुर्गालाल जि.सी, तिले गिरी, बल बहादुर थापा, समिर महम्मद, अमृत वि.क, चिना देवी वस्नेत, विष्णु प्रसाद भण्डारी, शारदा थापा, पुने वि.क, विपिन पुरी, हिम बहादुर नेपाली, बाटुली साराङ्कोटी, मेग बहादुर खत्री, धर्म बहादुर कुँवर, रेन बहादुर खत्री, पिताम्वर घिमिरे, रविना गिरी, दुर्गा बहादुर गल्दार, विष्णु सुनार रहेका छन् । 
कार्यक्रममा नेपाली काग्रेसका – विनोद प्रसाद आचार्य, ने.क.पा एमालेका लक्ष्मण पराजुली, माओवादी केन्द्रका राजेन्द्र जि.सी, राष्ट्रिय जनमोर्चाका गोविन्द वि.सी, नयाँ शक्ति अभियानका विष्णु ढुङ्गाना, राष्ट्रिय प्रजातन्त्र पाटीका नारायण बहादुर खड्का पत्रकार सुर्य प्रसाद भुसाल, विनोद गैरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालीकाका कार्यकारी प्रमुख रामजी जोसीको अध्यक्षता तथा स्वागत साथै सव इन्जिनियर नारायण पोख्रेलको संचलनमा सम्पन्न भएको थियो ।