संघियताको खारेजी माग गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा सन्धिखर्कमा बिरोध सभा

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क,अर्घाखाँची । राष्ट्रिय एकतामा खलल पार्ने संघियताको खारेजी र देशमा मौलाएकोभ्रष्टाचारी, कालोबजारी नियन्त्रणको माग गर्दै राष्ट्रिय जनमोर्चाले यतिबेला देशब्यापी बिरोध तथा खबरदारीका कार्यक्रम सन्चालन गरिरहेको छ।
सोही अन्तर्गत आज राष्ट्रिय जनमोर्चा अर्घाखाँची ले सन्धिखर्कमा बिरोध सभा सम्पन्न गरेको छ ।
रा.ज.मो.जिल्ला सचिब गोपाल पौडेल को सन्चालनमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रिय स्वाभिमान र देशमा अग्रगामी बिकासको बाधक संघियता भएकोले यसलाई खारेज नगर्दै देश र नेपाली जनताको हित हुन नसक्ने बताएका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष झबिलाल थापाले आफुलाई गणतान्त्रिक नेपालका धरोहर बताउने तर भारतका गोटि बनेर काम गर्ने नेता भएकाले देशले कोल्टे फेर्न नसकेको आरोप लगाउनुभयो ।नेता थापाले अब देशमा एकमात्र कम्युनिस्ट र राष्ट्रवादी पार्टी राष्ट्रिय जनमोर्चा भएकोले रा.ज.मो.ले उठाएको एजेन्डालाई प्रत्येक नेपालीले साथ दिनुपर्ने समेत बताउनुभयो।
यस्तै कार्यक्रमका अर्का बक्ता ने.क.पा.(मसाल)का जिल्ला प्रबक्ता थम्मन के.सी.ले मन्तव्य राख्दै ओलि सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएर देशमा थप संक्रमण निम्त्याएको भन्दै सबै नेपालीलाई सचेत रहन आग्रह गर्नुभयो।
प्रबक्ता के.सी.ले राष्ट्रिय जनमोर्चाले ल्याएको नीति तथा कार्यक्रमले देशको भबिस्यबाणी गर्ने ठोकुवा गर्दै अब सबैले रा.ज.मो.ले लिएको बाटो अबलम्बन गर्नुको विकल्प नभएको दाबी गर्नुभयो ।
सभामा बोल्ने बक्ताहरुले जिल्लाको प्रसङ्ग कोट्याउदै नर्तनान्चल पर्बत अर्घाखाँचीको मुटु भएकोले यसलाई जोगाउन जिल्लाबासीले गर्दै आएको आन्दोलनलाई राजमोले समर्थन र सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका पश्चिम उत्तर क्षेत्रीय सदस्य हरी आलेले पनि मन्तव्य रख्नुभएको थियोे ।