डिआरजी सुमन
वर्तमान परिवेशमा मुलुकमा सरकार परिवर्तनको खेलले सर्वत्र व्यापकताको साथ चाँसो पैदा गरेको छ । नेपालमा कसलाई प्रधानमंत्री वनाउने र कहिले सरकार ढाल्ने भन्ने षड्यन्त्रकारी योजनाकारको ज़िम्मा उत्तरी र दक्षिणी छिमेकीले लिएको कारण नेपालका सरकार सदैव संकटमा पर्ने गरेको छन ।
विश्वको सवैभन्दा ठुलो लोकतान्त्रिक राष्ट्र भारतले नेपाल प्रती सदैव गिद्धे नज़र राख्दै विस्तारवादको एजेन्टको रुपमा काम गरि रहेको छ । कहिले मधेसीहरुलाई भारतीय भाडाका खेताला उपलब्ध गराएर नरसंहार मच्चाउनेहरुलाई भाँडाको व्यावस्था गर्ने,कहिले भारतीय दुतको नेपाली संगठन नेपाली कांग्रेसलाई परिचालन गरी देशमा आर्थिक नाकाबन्दी लगाएर मुलुकलाई संकट निम्ताउने,कहिले पसुपतीमा जोगीको भेषमा वसेका भारतीय दलाललाई प्रयोगगरी सरकार ढलाउने यी सवै षड्यन्त्रकारी तत्वको अन्त्य नहुन्जेल नेपालमा कुनैपनी सरकार टिक्न सक्ने वातावरण देखिदैन ।
नेपालमा २०६२-६३ को आन्दोलन पश्चात आएको गणतन्त्रको संस्थागत रक्षा हुन नदिनु भारतीय दलाल CIA र RAW को मुल उद्देश्य अनुरूप पुर्वगृह योजनाकारी तवरले मुलुकमा सरकार ढलाउने र वनाउने षड्यन्त्र भईरहेको छ । नेपाली माटो सुहाउदो गणतन्त्र स्थापित भईरहदा भारतीय हस्तक्षेपमा अवरोध हुन सक्ने देखेर भारतीय शासकको निर्देशनमा SSB वाट हतियार सहित सिमा क्षेत्रमा स्तम्भ सार्ने काम भईरहेको छ भने पशुपतीमा वसेका भिकारीहरु काठमाण्डौवाट नै मुलुकको अस्मितामा धाँवा वोली रहेको अवस्था छ । वास्तविक रुपमा भन्दा नेपाली नेताजी ढुलमुले शैली र परनिर्भर नेतृत्व भएकै कारण सरकारलाई स्थायित्व दिन नसकेकै हो ।
दश वर्षें जनयुद्धको नाममा १७ हज़ार जनताको ज्यान लिएर मुलुकलाई संकटमा पार्ने तत्कालीन माओवादी २०६२-६३ को वृहत आन्दोलन पश्चात सरकारमा आएर टिक्न नसक्नुको कारण आम जनतालाई छर्लंग थाहा भएको छ । सिधासादा रोल्पालीलाई प्रयोग गरी सुरु गरेको सशस्त्र युद्ध आज कसैलाई महल खड़ा गराईदिएर आफुलाई पुरानै पेसामा फर्किन वाध्य पारिनु पनी तत्कालीन माओवादीको अधोगतिको मुल कारण हो । आज सत्ता र भत्ताको लागी मरीहत्ते गर्ने र यदी नपाए तत्काल गुट खड़ा गरेर नया मोर्चा गठन गरि मुलुकको संरचना ध्वस्त पार्ने नौटंकिको कारण नेपालमा रहेका सिद्धान्त विहीन कम्युनिस्टहरु विलयको निकट पुगीरहेको अवस्था छ ।
शैक्षिक प्रमाणपत्रको खोस्टोले विज्ञ मानिने P.hD धारक सिके राउत मधेश भारतलाई वेच्न तयार भई मोर्चाबंदी गरेको अवस्था भएको वेला अर्का पहाड़ी क्षेत्रका विज्ञ P.hD धारक भट्टाराइ पहाड़ समेत भारतको हो भन्ने मनसायमा नाम विनाको पुराको खोल ढाकी नयाँ खोल ओढेर उही स्याल वाघको छालको मुकुन्डो लगाएर ताई न तुईको “नयाँ शक्ती”नाम राखेर गुडवन्दी गरिरहेको अवस्था छ । यदी वावुरामले केही गर्ने हैशियत राख्थे भने यस पुर्व प्रधानमन्त्री हुदा किन गरेर देखाउन सकेनन् ? आखिर आफै सभापति भएर तयार गरेको संविधान ठिक छैन भन्दै हिड्नु कती सान्दर्भिक छ ?
आज वास्तविक राष्ट्रप्रती चाँसो राख्ने नेपालीले ध्यान दिनुपर्ने समय आएको छ र सोच्नुपर्ने छ कि के नेपाल युवालाइ विदेश वेचेर वुढाखाडालाई फर्काइ फर्काइ प्रधानमंत्रीमा नियुक्ति गर्ने देश हो ? नया अनुहार किन यो पदमा जान सक्दैन ? किन राम्रो कामको मुल्यांकन हुन सक्दैन ? के नेपाल ओली,देउवा,प्रचण्डको पेवा हो ? आज डिग्री होल्डर शिक्षित युवा किन EDV र EPS भर्न वाध्य छन ? आखिर मुलुकमा संक्रमण कालिन परिस्थितिमा शसस्त्र युद्ध चलिरहदा प्रचण्डको टाउकोको मुल्य तोक्ने देउवा किन पुन:प्रधानमंत्री पदमा राख्न तयार भईरहेका छन ? गणतन्त्र र संघियताको कट्टर विरोधी चित्र वहादुर केसी,धर्म निरपेक्षताको विरोध कमलथापा कसरी कुनैवेला आतंकवादी घोषणा गरिएको पार्टीसँग मेलमिलाप गरी सरकार सहभागी भए ? हिजो राजधानिको खुलामन्चवाट कुर्लिदै ओली नेतृत्व सरकार कुनैपनी ताकतले ढाल्न सक्नेछैन भन्ने प्रचण्डको गुटले आज किन ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश गरेको छ ? आखिर प्रचण्ड प्रधानमन्त्री भएर चैत सम्म सरकारमा रहन्छन भन्ने ग्यारेन्टी के नै छ ? आज प्रचण्ड गुटले जसरी ओली विरुद्ध यो षड्यन्त्र खेल्यो त्यो भोली देउवा गुटले नगर्ला भन्ने आधार के छ ?
नेपालमा यस प्रकारको तरल राजनैतिक नेतृत्व,अल्पकालिक सरकार,विदेशप्रस्त नेताहरुको षड्यंत्रकारी गिरोहको मानसिक रोग पुर्ण रुपमा निको नहुन्जेल ओली,देउवा,पौडेल,नेपाल,खनाल,भट्टाराइ वा राउत जो कोहीको नेतृत्वमा गठन हुने कुनैपनी सरकार दिगो हुन सक्ने र मुलुकले स्थाई शान्ती पाउन सक्ने आधार नै सुन्य हुने निश्चित नै हुनेछ । यसरी सरकार वनाउने र ढलाउने षड्यन्त्रकारी खेल खेलाएर नेपाली राजनैतिक खेलाडिलाई रणमैदानमा लडाउदै विदेशी अनैतिक तत्वको सदैव आत्मसन्तुष्टी हुने वाहेक केही हुने आधार छैन ।
( लेखक :मानवीयताको रक्षार्थ न्याय र समानतामा केन्द्रित राष्ट्रीयताको सवालमा पृथक विचारधाराको परिचय स्वतन्त्र पत्रकार डिआरजी सुमन हो । )