प्रेम आचार्य
ठाडा , अर्घाखाँची। अर्घाखाँचीको ठाडामा मंगलबार राति ट्रिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । सात जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना हुँदा कपिलबस्तु पत्थरकोटका २० वर्षका बिसाल सारु मगरको ज्यान गएको इलाका प्रहरी कार्यलय ठाडाले जानकारी दिएको छ । गम्भीर घाइते सात जनाको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भइरहेको छ ।
नरपानीबाट कपिलबस्तुका लागि छुटेको बा ३ ख ७०९५ नम्बरको ट्रिपर ठाडा-३ अमराई गोरथुममा ब्रेक फेल भएर दुर्घटना भएको हो ।