घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची, साउन ६ । प्रथम जन निर्वा्िचत प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३४ औं स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रस अर्घाखाँचीले सन्धिखर्क नगरपालीका विहारमा वृक्षारोपण गरी विपी स्मृती दिवस मनाएको छ ।
कार्यक्रममा कांग्रेस अर्घाखाँचीका सभापती विष्णु मुस्कानले निमको विरुवा रोपी उदघाटन गर्नुभएको हो । कार्यक्रममा उपसभापती शान्ता भण्डारी, सचिव बिष्णु भुसाल, महासमिती सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल, लोकेन्द्र विक, क्षेत्र नं. १ का सभापती केशव कुवर लगाएत जिल्ला सदस्य तथा भातृसङगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
साहित्यकारको रुपमा समेत परिचित विपी कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् । आजकै दिन अर्थात साउन ६ गते वीपी कोइरालाको देहवासान भएको थियो । उनको योगदानको स्मरणमा कांग्रेसले प्रत्यक बर्ष आजका दिन वीपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ ।