भारतीय सेनाको सैन्य बिमान बंगालको खाडी क्षेत्रमा सम्पर्कबिहीन भएको छ ।
बिमानमा २० भन्दा बढी मानिस सवार छन् । बिमान सम्पर्कबिहीन भएको भारतीय वायू
सेनाले पुष्टि गरेको छ ।
भारतीय सेनाको एन्टोनोभ ३२
एयरक्राफ्ट खराब मौसमका कारण सम्पर्कबिहीन भएको बुझिएको छ । बिमान स्थानीय समय
अनुसार बिहान ८ : ३० बजे चेन्नईबाट बंगालको खाडी क्षेत्रमा अवतरणको लागि उडेको
थियो ।
बिमान ११: ३० बजे अवतरण गर्ने तालिका थियो । बिमानको खोजी सुरु गरिएको
अधिकारीहरुले बताएका छन् । भारतीय वायू सेनासँग यस्तो बिमान १ सय वटा भन्दा बढी छ
। कान्तिपुरमा समाचार छ ।