राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई 
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले संघियताको खारेजी, राष्ट्रियताको रक्षा र देशमा मौलाएको महङ्गी भ्रष्टाचार एवं कालाबजारीको अन्त्यको माग गर्दै देश ब्यापी आन्दोलनको थालनी गरेको छ ।
सोही अन्तरगत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रियताको रक्षा र संघियताको खारेजी बिषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फबाट अखिल नेपाल जनजाती सम्मेलन का केन्द्रिय महासचिव राम बहादुर बुढाले दुई पेज लामो अबधारणापत्र प्रस्तुत गर्नुभएको थियोे ।
अन्तरक्रिया कार्यक्रमको बिषयबस्तुमाथी प्रकाश पार्दै महासचिव बुढाले नेपाली मुलुकमा कुनै पनि किसिमको संघियता सफल हुन नसक्ने जिकिर गर्नुभयो ।
अहिले देशको राष्ट्रियता इतिहासकै कमजोर स्थितिमा रहेकोे भन्दै बुढाले ठुला दलहरू सत्ताको स्वार्थमा जस्तोसुकै रुप बदल्न तयार हुने प्रबृतिले गर्दा देशले आज यो स्थिति भोग्नु परेको आरोप लगाउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संघियाताको बिषयलाई राष्ट्रिय बहसको बिषय बनाएर टुंगो लगाउन सकिने भन्दै देशको राष्ट्रियता कमजोर भएको स्वीकार गर्दै राष्ट्रिय स्वाधिनताको लागि सबै नेपाली एक भएर लड्नुपर्ने बताएका थिए ।
यसरी मन्तव्य राख्नेहरुमा ने.क.पा.(एमाले)नेता जनार्जन खनाल,माओवादी केन्द्रकि नेत्री छमकुमारी खनाल चिनारी,राप्रपाका नेता संसोधिन मिया,ने.क.पा.माओवादी बिप्लभका नेता योगेन्द्र चौहान,पत्रकार महासङ्घ का अध्यक्ष शोभाखर पन्थी र उपाध्यक्ष हिम बहादुर जि.सी.(लेकाली) हुनुहुन्थ्यो ।
कार्यक्रमका अर्का बक्ता राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.ले संघियताको खारेजी र राष्ट्रियताको आन्दोलन राष्ट्रिय जनमोर्चाको सत्तामा जाने भ्रयाङ्ग नभई देश र जनताको हितमा भएको स्पष्ट पार्नुभएको थियोे ।
यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पश्चिमान्चल क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.ले फरक प्रसङ्गमा बोल्दै नरपानीमा रहेको नर्तनान्चल पर्बत ध्वस्त पार्ने योजनाले अर्घाखाँचीकै भबिस्य संकटमा पर्ने भन्दै चुन-ढुङ्गा उत्खनन रोक्न सरोकारवाला सबै गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कमा साउनको पहिलो हप्ता:-