धातिवाङ्गमा निमार्णदिन मालिका मन्दिरलाई पचाँस हजार सहयोग

घनश्याम पौडेल 
धातिवाङ्ग, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको धातिवाङ्ग गाउँ विकास समिती वडा नं. ३ मा अवस्थीत मालिका मन्दिर वैशाख २ गते देखि निर्माण कार्य सुरु भएको थियो । 
सोहि निमार्ण अभियानमा अर्घाखाँची जिल्ला धातिवाङ्ग गाविस वडा नं. २ निवासी यमलाल पौडेलका छोरा टिकाराम पौडेलको पहलमा  २०७० साल देखि मन्दिर निमार्ण गर्न स्थानिय लगायत मन्दिर ५० हजार सङकलन गरी पठाईदिएको जानकारी गराउनुभएको छ । मन्दिर निमार्णका लागी सक्दो सहयोग गर्नका लागी उहाँले अपिल समेत गर्नुभएको छ, ०५६७४४५६३० मा सम्पर्क गरी सक्दो सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
world news
मन्दिर कार्यसमितीका अध्यक्ष झविन्द्र पौडेलले पैसा वुझदै ५० हजारको तस्विर: घनश्याम पौडेल
ढिलै भएपनि कार्य फत्ते गर्ने समिति लगायत स्थानियवासी तथा युवाहरुकोे सक्रियतामा अहिले निमार्ण कार्य पुरा गरिने अध्यक्ष झविन्द्र पौडेलले वताए । 
हाल श्रमदान तथा चन्दा संङकलन गरेर निर्माण कार्य सुरु भईरहेको मन्दिर समितिका कोषाध्यक्ष रामवहादुर क्षेत्रीले वताउनुभयो ।
गाउँका युवाहरु पैसा कमाउनको लागि विदेश बाहिरिने र त्यहाबस्ने वृद्धवृद्धाहरु ममर्त सम्भार गर्न नसक्ने हुदाँ मन्दिर ओझेलमा परेको स्थानिय थानिश्वर पौडेलले वताउनुयो । 
साथै उक्त मन्दिरमा प्रत्येक हप्ताको आईतवार दुध चढाउने, पुजा गरिने रुपमा प्रख्यात रहेको छ । 
पुरानो मन्दिरलाई भत्काएर नयाँ मन्दिर निमार्ण गर्ने धातिवाङ्ग वासीहरुको सहयोगमा तथा युवाहरुको पहलमा मन्दिर निमार्ण कार्य गरिन लागिएको नेपाली कांग्रेसका कोषाध्यक्ष दिनामणि पौडेलले वताए ।
धातिवाङ्ग गाविसमा मन्दिर निमार्ण कार्य मात्र नभएर युवाहरुको सक्रियतामा पोखरी निमार्ण, बाटो निमार्ण लगाएतका सामाजिक कार्यहरु पनि भएका छन, यसरी धातिवाङ्गका युवाहरुले आफै नगरेसम्म अरुलाई मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ मन्दिर निमार्ण कार्यमा सुरुवात गरेको वताउछन ।