मृत्युसँग साटेको रुपैँया सन्धिखर्कका विकास शाहीको जिवन रक्षामा खर्चिए

गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची,९ साउन । विदेशमा आफनो मृत्युसँग साटेका रुपैयाँ नेपालमा पैसाको अभावमा मृत्यु कुरी रहेका सन्धिखर्क नगरपालीका १४ का विर विक्रम शाही विकासको जिवन रक्षाका लागी खर्च गरेका छन् । 
सहयोग गर्नुपर्छ: ईजारालबाट पठाईएको रुपैया आफन्तलाई बुझाउदै युवाराज थापाका आफन्त । तस्विर: गणेश खनाल, अर्घाखाँची
सन्धिखर्क नगरपालीका १३ बेलटारी निवासी हाल ईजरालमा रहेका युवराज थापाले आफनो मेहनतबाट कमाएको रकम शाहीको उपचारमा खर्चीएपछि उनको ज्यान पैसाको अभावमा नजाने भएको छ । विगत १० वर्ष देखी वैदेशिक रोजगारमा रहेका थापा २ वर्ष यता देखी ईजारालमा रोजगार गरिरहेका छन् । पैसा ठुलो कुरा होइन् ईजरालमा रहेका थापाले टेलिफोनमा भने हाम्रो सहयोगले कसैको ज्यान जागिन्छ हामी आफनो गास कटाएर रुपैया जोगाई सहयोग गर्ने बताए । 
मानव अगं प्रत्यारोपण केन्द्र भक्तपुरमा विगत २ महिना देखी मृगौला फेल भई उपचार गराई रहेका शाहीलाई अस्पतालले उपचारको लागी १२ लाखँ मागेकोमा विदेशमा रहेका थापाको पहलमा ६ लाँख ६६ हजार ७ सय २४ रुपैया र जिल्लामा रहेका युवा समाजसेवी सन्धिखर्क १ का कृष्ण भुसालको पहलमा ३ लाखँ २७ हजार र अन्यको सहयोगमा आवश्यक रुपैयाँ जम्मा भएपछि शाहीको उपचार सम्भव भएको छ । 
भुसाल सहितका जिल्ला अन्य युवाहरुको पहलामा पैसा उठाईएको भुसालले बताए । जम्मा भएको रकम शाहीको खातामा जम्मा गरिदिएको उनले बताए । थापाले शाहिको खातामा १ लाखँ १२ हजार सिधै र ४ लाखँ ४० हजार ५ सय ९५ १ महिना अगाडी र आईतवार १ लाखँ १९ हजार ८ सय ५० रुपैयाँ थापाकी आमा कुमारी थापा र अन्य आफन्त कमला थापा, आशा घिमिरे मार्फत शाहीका भाई देवेन्द्र शाहीलाई बुझाएका हुन् ।  
शाहिका २ छोरी १ श्रीमती रहेका छन् । उनले सन्धिखर्कमा रहेका एक निजि विद्यालयमा अध्यापन गराउदै आएका छन् । ३ महिना अघिमात्र रोग लागेका पक्ता लागेका उनको विगत २ महिना देखी मानव अगं प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराईरहेका छन् ।