डिआरजी सुमन
वर्तमान परिवेशमा सरकार परिवर्तनको खेल औचित्यहीन नौटंकि खेल नै शिवाय केही हैन । नेपालमा गणतन्त्रिक संविधान पुर्णरुपमा लागु नभई सकेको अवस्थामा सत्ता परिवर्तन गरिरहने खेलले राष्ट्रीय हीतमा कुनै ठोस निर्णय दिन सक्ने अवस्था हुदैन । २०७४ संसार भित्र स्थानिय निकायको निर्वाचन गराई सक्नु पर्ने वाध्यकारि नियम भएकोले वाँकी अवधिमा यस निर्वाचनको वातावरण मिलाउनुको सट्टा सरकार परिवर्तन गरि आपसी विवाद श्रीजना गरिरहने प्रवृति आफैमा घृणित नै छ ।
लुटतन्त्रमा आधारित सत्ता र भत्तामा लिप्त विदेश प्रस्त राजनीतिक नेतृत्व मुलुकलाई कदापी विकसित गर्ने मार्गमा लागेको पाईएन । आज ५० लाख दक्ष जनशक्ति विदेशमा पुर्याएर पिण्ड खाने उमेरमा शपथ खादै वसेका पन्चेकालिन ठेकेदारकै कारण आज मुलुक दिनानुदीन अनिर्णायको वन्दक भईरहेको छ । दैनिक जस्तो रातो काठको वाकसमा नेपाली दक्षयुवा त्रिभुवन विमानस्थलमा आईरहका छन । मुलुकमा गुण्डागर्दीमा आधारित झुटको उद्योगले राजनीति वाहेक अन्य कुनै रोज़गारको वातावरण नदिएको कारण सिधासादा जनता विदेश धाउनुको विकल्प नै छैन । आफ्नो लालपुर्जा धितो राखेर वैकवाट ऋण लिएर विदेश पुगका युवाहरुले भित्राएको रेमिटान्सवाट चारलाख कर्मचारी र सरकारका आसेपासेको तलवमान वृद्धी गरी तीन करोड़ नेपाली जनतामाथी महँगी वढाउने राज्यको जनतामारा नीतिको कारण सरकार टिक्ने आधार नै वनेकोछैन ।
मुलुकमा हाँवी भारतको ठेकेदार कांग्रेस चाईनीको ठेकेदार अर्ध कम्युनिस्ट दस्ताकै कारण मुलुकमा महँगी वन्द हड़ताल जस्ता संकट परिरहेको छ । नेपालमा रहेका कुनैपनी दलको ठोस सिद्धान्त नहुदा सिद्धान्त विहीन राजनेताको ढुलमुले मनसायमा यसपुर्वको एउटै सरकारमा तत्कालिन कथित आतंकवादी देखी राजवादी सम्म उपप्रधानमंत्री पदमा लिप्त हुन पुगे । सकरात्मक काम र ईज्जतको नामको संकट परेको यो देशमा उपप्रधानमन्त्री पाउँदा धर्मनिरपेक्षताको कट्टर विरोधी देखी संघियताको विरोधीसम्म एकैठाउमा टासीएर आफु र आफ्नो पार्टीसँगको अस्थित्व नै ध्वस्त पारेर सरकारी मन्त्री वन्न पछि परेनन् । अव सरकारवाट वाहिरीपछी फेरी पुरानै रटान लिएर जनतासामु आउदा तिनीहरुको कुन अनुहार रहने हो त्यो हेर्न वाँकी नै छ ।
आज आफ्नै सहकार्यमा सरकार वनाएर ऐतिहासिक सरकार वन्यो अव कसैले ढाल्न सक्दैन भन्दै खुलामन्चवाट कुर्लिदै वोल्ने प्रचण्डले कुनैवेला कट्टर विरोधी मानेको कांग्रेसले प्रधानमंत्री के दिएको थियो उसैको आडमा ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश गरेर ओलीको सरकार ढालेर आफ्नो विजयी प्राप्त त गरे तर भोली कांग्रेसी गुटका नायकहरुले प्रचण्डको विरुद्ध यही खेल नखेल्लान भन्ने आधार के नै रहयो र ? यता प्रचण्डले युद्ध मोर्चा सम्भाले जस्तो गरी सिंह गुर्जीएसरी गुर्जदै सरकार चलाउन खोज्दा तीन महीनामै सरकारवाट राजीनामा दिने त होईनन् ? यस पहिला प्रधानमंत्री रहदा तीन पति प्रकरणमा राजीनामा दिने प्रचण्ड यो पटक पनी कुनैपनी समयमा वाहीरीन सक्छन ।
अन्तिममा नेपालमा जव सम्म यो प्रकारको अस्थिरताको राजनीति निती क़ायम रहन्छ तव सम्म सरकारमा जस्तो सुकै शक्तिशाली,विज्ञ र धनढ्य व्याकतीले गएर सरकारको नेतृत्व गरेतापनी उसको वदनाम गरिनु र असहयोग हुनु वाहेक अरु केही हुनेवाला छैन तसर्थ अस्थिर तरल राजनीतिको अन्य गर्दै ठोस निर्णयको साथ राष्ट्रीय सहनतीको सरकार गठन गरी तोकिएको समयमा स्थानीय निकायको निर्वाचन गराई दिगो सरकार क़ायम गर्दै मुलुकमा रोज़गार श्रीजना गरी दक्षयुवा शक्ती विदेश पलायन हुनवाट रोक्नु अपरिहार्य छ ।
( लेखक : समाज र राष्ट्रीयताको सवालमा पृथक विचारधाराको परिचय स्वतन्त्र पत्रकार डिआरजी सुमन हो ।