ठाडाका बस कन्डक्टर संजय क्षेत्रीलाई ५ तोला काँचो ढिका सुनसहित नवलपरासीमा पक्राउ

फाइल तस्बिर । 
काठमाडौं ( अर्घाखाँची डट्कम) । नवलपरासीको कावासोती नगरपालिका-८ स्थित ईलाका प्रहरी कार्यालय नवलपुर अगाडि सवारी जाँचका क्रममा २५ तोला १२ लाल सुनसहित अर्घाखाँची जिल्लाको ठाडाका संजय क्षेत्री परेका छन् । 
काठमाडौँबाट – सन्धिखर्कतर्फ जाँदै गरेको लु.१ ख ६१४२ नम्बर बसका कन्डक्टर अर्घाखाँची ठाडा-३ बस्ने २२ वर्षीय  संजय क्षेत्रीलाई साथमा लिई हिँडेको करीव १४ लाख ४४ हजार रुपैयाँ मुल्य बराबरको २५ तोला काँचो ढिका सुनसहित प्रहरीले सोमबार पक्राउ गरेको छ ।
क्षेत्रीलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
 राससले लेखेको समाचार अनुसार क्षेत्रीले कलङ्कीमा आएका यात्रुले अर्घाखाँची पुर्‍याइदिने भन्दै सुन दिएको बताएको प्रहरीले जनाएको छ। राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध भन्सार ऐनअनुसार मुद्दा चलाइनेछ।