ठाडामा पहिरोले घर पुर्दा १७ वर्षिया एक युवतीको मृत्‍यु

– वीरेन्द्र केसी
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको ठाडा गाविस-५ काेठीया मैदानमा पहिरोले घर पुर्दा १७ वर्षीय शारदा घार्तीको च्यापिएर मृत्यु भएको छ । घरभित्र सँगै सुतिरहेकी उनकी १६ वर्षीय उनकी बहिनी बालकुमारी गंभिर घाइते भएकी छिन । 
ठाडामा । तस्बिर:  फेसबूकबाट 
मंगलवार विहान पाँच बजेतिर घरमाथिबाट आएको पहिरोले घर पुरेको हो । बालकुमारीको टाउको र खुटामा गम्भिर चोट लागेको छ । शारदालाई भत्किएको घरले पुरेको थियो । च्यापिएकी बालकुमारीलाई प्रहरीले उद्धार गरेको अर्घाखाँचीका प्रहरी नायव निरीक्षक धनबहादुर थापाले टेलिफोनमा बताए । 
उनका वुवाआमा विहानै उठेर भैसीलाई पानी तताउन गोठमा गएकाले उनीहरुलाई केही भएको छैन् । यसैबीच अर्घाखाँची सदरमुकाम सन्धिखर्क

अन्य समाचारहरु