सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले काङ्ग्रेस बलियो भए मात्र जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित हुने बताउनु भएको छ ।
सन्धिखर्कमा अायोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति मुस्कानले सहमति सहकार्य एकता नै कांग्रेसको मुल मन्त्र भएको बताउदै उहाले पाटिलाई बलियो मजबुद बनाउनका लागि अाफुले कुनै कसर बाकि नराख्ने बताउनु भएको छ ।
उहाले गाउपालिका नगरपालिका बनाउदा अधिक्तम जनतालाई पायक पर्ने ठाउँलाई केन्द्र बिन्दु मानेर पछिका पुस्तहरुको भबिस्यलाई समेत ख्याल राखेर बिबेकता पुर्बक निणय गर्नु पर्ने बताउदै केबल चुनाब जित्नका लागि मात्र नेता अनुकुलका गाबिस समेटन नहुने बताउदै कांग्रेस जनताको पक्षमा काम गर्ने पाटि भएको दाबि गर्नुभयो ।
सभापति मुस्कानले अर्घाखाँची जिल्लाको बिकास निर्माणमा नेपाली काङ्ग्रेस ले अग्रताका साथ काम गरिरहे को बताउदै उहाले जनताको चाहाना बमोजिमका काम गर्न अाफ्नो नेतृत्व पुण रुपमा सफल हुने दाबि गर्दै अहिले सघिय सरचनाका लागि गाउँ पालिका नगरपालिका बनाउदा कसरि कुन ठाउ हरुलाई समेटेर केन्द्र बिन्दु बनाउदा राम्रो हुन्छ भन्ने कुरालाई समेत मध्य नजर गरि पार्टीलाई सुझाव सल्लाह दिनका लागिउहाले कांग्रेस जनलाई अागर्ह गर्नु भयो।
सुर्य भुसालबाट