अर्घाखाँचीमा बिपतको लागी सहयोगी हातहरु सधै अगाडी

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धारापानी गा.बि.स.वडा नं २ फलामखिली निवासी बुवा तोम बहादुर घर्ती र आमा रेमकला घर्तीमगर का माईला छोरा ज्योतिष घर्तीमगर र अर्घाखाँची समाज जापान का अन्य साथीहरुको संयुक्त सहयोगमा अर्घाखाँची जिल्लामा बिभिन्न प्रकारले बिपतमा परेका ब्यक्ति,समुदायहरुलाई सहयोग गर्नको लागी भन्दै रु ६००००।-अक्षरुपी साठी हजार स्थानीय बिपत ब्यबस्थापन कोष अर्घाखाँचीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लाई समाजको तर्फबाट ज्योतिषका बुवाआमा ले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका छन ।
चेक हस्तान्तरण पछी बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले पिडीतलाई आबस्यकता अनुसार सहयोग गर्ने जानकारी दिए । बिगत १८ बर्ष देखि बुवाआमा सहित जापानको टोकियो सहरमा “मसला हट”नामक ब्यबसाय सन्चालन गर्दे आएका ज्योतिष र  अर्घाखाँची समाज जापानका अन्य साथीहरुको आर्थीक सहयोगमा आफुहरुले मेहनत र श्रमगरी कमाएको पैसा बाट यस्तो सहयोग गरेको बताए ।
समाजले यस अगाडी पनी जिल्लामा आर्थीक रुपले कमजोर भएका  बिभिन्न दृघरोग लागेका ब्यक्तिहरुलाई समेत सहयोग गरेको जानकारी दिए ।
जस अनुसार डा.चित्रप्रसाद शर्मा वाग्लेलाई क्यान्सर रोगको उपचार गर्न रु ६० हजार, भुमिदेबि आले धारापानी, २ लाई पाठेघरको क्यानसर उपचारको लागी रु ७७ हजार,बिरबहादुर पुन खिल्जी लाई मृगौला रोगको उपचारको लागी रु ५० हजार र बिष्णुबहादुर पुन खिल्जी लाई पनी मृगौला रोगकै उपचारको लागी रु २० हजार रकम हस्तान्तरण गरेको साथै मृगौला रोगी किमडाडाका बिकास शाही र श्यामकला ठेडी लाई पनी २०∕२० हजारका दरले सहयोग गर्ने उनका बुबा तोमबहादुर घर्तिले बताए ।
जापानको युनिभर्ससिटी कलेजबाट स्नातकतह अध्ययन समेत गरेका ज्योतिसले प्राथमिक तह अध्ययन गरेको बिद्यालय श्री लक्ष्मी प्रा.बि धारापानी २ लाई यस अगीनै नगद रु १४,२३०२८।-रुपैया हस्तान्तरण गरेको समेत जानकारी दिएका थिए । आफु नेपालबाट जापान  गएर पनि सम्पूर्ण नेपालीहरुको हकहितको लागी आबाज उठाउने गरेको, साथै आफ्नो जिल्लाको बिकास निमार्णको लागी समेत आफु लागीपरीरहेको घर्तीले टेलिफोन मार्फत जानकारी दिए ।
उनले अझैपनी जिल्लालाई एकथान सिटीस्क्यान मेसिन र एउटा एम्बुलेन्स सहयोग गर्ने ईच्छा समेत प्रकट गरेका थिए । 
हाल उनी जापान अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष,जापान नेपाल मगर संघका बरिष्ठ सल्लाहकार र जापान नेपाली एकता समाजका सदस्य लगाएत बिभिन्न सामाजिक संघसंस्था हरुमा  आबद्घ रहेका छन ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा ज्योतिषका बुवा-आमा साथै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष झबिलाल थापा, राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी,नेपाल पत्रकार महासंघका सभापती सोभाखर पंन्थी र रेडियो अर्घाखाँचीका स्टेशनम्यानेजर श्याम घिमिरेको समेत उपस्थिति रहेको थियो ।