सिमलपानीमा बाढीका कारण ३३ घर उच्च जोखिममा, राहत पाउन नसकेको गुनासो

सिमलपानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिमलपानीमा अविरल वर्षासँगै आएको बाढीका कारण ३३ घर उच्च जोखिममा परेका छन् ।
केही दिन देखि लगातार परेको अविरल वर्षाका कारण सिमलपानी गाविस – ९ भंगाला स्थित धिरीखोलाको बाढी गाउँबस्तीमा पसेको हो। बाढी नियन्त्रण बाहिर रहेकाले स्थानियबासीमा त्रास छाएको छ । 
अहिले सम्म धिरीखोलाको बाढीले करिब ३० विगाहा खेतमा हजारौ मुरी उत्पादन हुने धान खेती नष्ट गरेको छ। 
स्थानिय बासिन्दाहरु राहतका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा धाए पनि अहिले सम्म केही राहत पाउन नसकेको गुनासो गरेका छन् । 
world news