खाचिकोटको भुजुङे गाउँ पहिरोको कारण जोखिममा

भुजुङे, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको खाचिकोट स्थित भुजुङे गाउँ पहिरोको कारण जोखिममा परेको छ । 
बिगत केही दिन देखि परेको लगातार भीषण बर्षाले गर्दा खाचिकोट भुजुङेका करिव ४० घर धुरी नै अहिले ठुलोपहिरो र सबै घर चर्किदा उच्च जोखिममा परेको हो।
पुर्बसांसद एवम नेकपा मसालका नेता सन्त बहादुर नेपालीको जन्मघर भुजुङे गाउँ  वर्षौ देखि पहिरोको ठुलो जोखिममा पर्दै आएको छ । 
उता पहिरोको जोखिममा पर्दै आएका भुजुङे गाउँका बासिन्दालाई अन्यत्रै सार्ने भनिएता पनि आज सम्म गरिएको छैन जसको कारण जोखिम मोलेरै भए पनि गाउँलेहरु त्रासमा बस्न बाध्य छन् । साथै पीडित गाउँलेहरुले अहिले सम्म कुनै राहत नपाएको गुनासो गरेका छन् ।  
यो गाउँको सिरानमा चर्किएको कारण अहिले पनि पहिरो झर्ने क्रम जारी छ । 
भुवन केसीबाट 

अन्य समाचारहरु