प्रेम खड्का
केरुङा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको केरुङामा दुई दिनदेखि बेपत्ता एक व्यक्ति शनिबार मकैबारीमा मृत अवस्थामा फेला परेका छन् ।
केरुङा – ५, गाड्सालका युवराज गिरी घरबाट हराएको दुई दिनपछि मकै बारीमा फेला परेका हुन् ।
४२ वर्षिय गिरीलाई स्थानियबासीले मकैबारीमा मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
गिरीको शव परीक्षणका लागि सन्धिखर्क लगिएको छ । मृत्युको कारण अहिले सम्म खुलेको छैन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी अर्घाखाँचीले जनाएको छ ।