प्रेम खडका
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोटमा घरपरिवारमा झगडा हुँदा एक जना व्यक्तिको मृत्यु भएको छ ।
बल्कोट – ९ अर्चननेटा टुनीपोखराका अन्दाजी ५०,५२ वर्षिय भीमलाल खनालको श्रीमती र छोरासँग झगडापछि बल्कोट स्वास्थ्य चौकीमा उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको हो ।
स्थानियबासीका अनुसार यसअघि कहिल्यै पनि जाड, रक्सी नखाने भीमलालले पहिलो पटक मदिरा सेवन गरेर घरमा आएको कारण श्रीमती कमला खनाल र एक छोरासँग झगडा हुनपुगेको थियो। भीमलालका श्रीमती र जेठो छोरा बिष्णु खनाल र कान्छो छोरा बिनोद खनाल रहेको र एक छोरा वैदशिक रोजगारीका लागि विदेशमा रहेका छन् ।
श्रीमती कमला खनाल ( बाँया ) र मृतक भिमलाल ।
मृतक भीमलालको कानमा रगत आउनुका साथै मुखमा फिन आएको बताइएको छ । मदिरा सेवनको विषयमा झगडा हुँदा कुटपिटमा परी भिमलालको मृत्यु हुन सक्ने आशन्का गरिएको छ ।
प्रहरीले श्रीमती र छोरालाई थप अनुसन्धानका लागि प्रकाउ गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।