एमाले अड्गुरीको अधिबेशन सम्पन्न, अध्यक्ष्यमा गुनाखर अधिकारी निर्बाचित

अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  नेकपा एमाले अड्गुरी, अर्घाखाँचीको नबौ गाउँ अधिबेशन हालै सम्पन्न भएको छ । 
जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष जिबनारायण कोइरालाको प्रमुख आथित्यतामा भएको सो अधिबेशन उदघाटन सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको थियो । उदघाटन सत्रमा प्रमुख अथितीको आशनबाट बोल्दै जिबनारायण कोइरालाले एमाले नेतृत्वको सरकारले जनमुखी र दिर्घकालिन प्रभाब राखने निती तथा कार्यक्रम ल्याएकोले अबको निर्बाचनमा पराजित हुने डरले सो सरकार उपर अविश्वासको प्रस्ताब ल्याएको बताएका थिए ।
यसैगरी अधिवेशनका अर्का बक्ता जिल्ला उप सचिब प्रेम नारायण गैरेले जनताको बहुदलीय जनबादको नितीनै देशको मूल निती भएको र जबजको बास्तबिक ब्यबहारीक प्रयोग र कार्यान्बयन एमाले नेतृत्वको सरकारमा  भैरहेको बताए । अधिबेशनको सफलताको शुभकामना दिदै छिमेकी गाउँ पाली गाउँ कमिटीका अध्यक्ष गोपाल पन्थीले समसामयिक देशको राजनैतिक परिस्थितिको बारेमा बोलेका थिए । अधिबेशनलाई कुटमादीन अलि, युबराज पौडेल, मायाँ भुसाल, मिन बहादुर क्षेत्री, जिबन अधिकारी र राम बहादुर क्षेत्री लगायतले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।
उद्द्घाटन सत्र पछी बसेको बन्दसत्रले राजनैतिक तथा आर्थिक प्रतिबेदन पास गर्नुका साथै सर्बसहमतिमा गुनाखर अधिकारीको अध्यक्षतामा अड्गुरी गाउँ कमिटी निर्माण गरेको छ । 
कमिटीको उपाध्याक्षमा राम बहादुर कार्की सचिब कृष्ण प्रसाद पोख्रेल उप सचिब इन्दिरा थापा रहेको २१ सदस्यीय कमिटी गठन गरेजो छ ।
अधिबेशन गुनाखर अधिकारीको अध्यक्षतामा र कृष्ण प्रसाद पोखरेलको संचालनमा भएको थियो ।