ठुलापोखरामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

प्रेम आचार्य
ठुलापोखरा, अर्घाखाँची १६ साउन । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाइ आधारभूत बैंकिङ्ग सेवा पु-याउने उद्देश्यका साथ अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ्ग सेवाको संचालन गरेको छ । 
  व्यवसायीक प्रतिनिधिहरुलाई प्रमाणपत्र र पोस मेसिन (POS Machine) हस्तान्तरण गरि उक्त शाखारहित बैंकिङ्ग सेवाहरुको सुरुवात गरिएको हो  । अर्घाखाँची जिल्लाको ठुलापोखरामा सुरुवात गरिएको सेवा सञ्चालनका लागि स्थानिय धनिश्वर पाण्डेलाई तथा व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको अर्घाखाँची शाखाका प्रमुख दिपक शर्माले बताए । 
 अर्घाखाँची जिल्लाको ठुलापोखरामा र बाग्लुङ्ग जिल्लाको भिमगिठेमा सुरु गरिएका सेवा संगै बैंकका शाखारहित बैंकिङ्ग सेवा ४२ वटा पुगेका छन् ।
  सबै क्षेत्र र बर्गका जनता माझ सेवा पुर्याउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा पुर्याउदै आएको छ ।
  ग्लोबल आइएमई बैंकले ९१ वटा शाखा, १०० वटा एटिएम, ४२ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।