कोरियामा अर्घाखाँचीबासीको बनभोज सम्पन्न

सुन्दर पन्थी र झबिन्द्र बेल्बासे 
 
सोल, कोरिया । कोरियामा रमाइलो गर्दै अर्घाखाँचीबासीको बनभोज सम्पन्न भएको छ । 
अर्घाखाँची जिल्लाबाट कोरियामा  बसोबास गर्ने  जिल्लाबासीहरुको सामाजिक संस्था अर्घाखाँची मञ्चले एक भब्य बनभोज सम्पन्न गर्दै  प्रबासी एकतालाई अझै  मजबुत पारेको छ ।
जिल्लाबासीहरुको बनभोजमा  राजधानी सोल नजिकको  उइदोङ पिकनिक रिसोर्ट प्राकृतिक सुन्दरताले मनोरम स्थल जहाँ घन्किए नेपाली गीत,  आफ्नै  परिकारको मिठो वासना, अनि आफ्नै  शैलीमा प्रतिभाको प्रस्तुती गरिएको थियो । 
उता बनभोज सम्पन्न गर्दै अर्घाखाँची सम्पर्क मञ्चको खेलाडी टिमले म्यग्दी रन्निङ कप भलिबलमा सहभागी हुँदै  आकर्षक खेल प्रदर्शन गरेको छ । सोल नजिक उइदोङ युथ सेन्टरमा भएको उक्त खेलमा अर्घाखाँचीबासीको आफ्नो पोसाकमा उपस्थिति जनाउदै सम्पूर्ण खेल मैदानलाई अझै रोचक र खेलाडीहरुलाई उत्साहित पारेको थियो ।
अर्घाखाँची मञ्च परोपकारी कार्य लगायत अन्य सामजिक कार्यमा निकै सकृय हुँदै आएको छ। संस्थालाई अझै बलियो  र जिल्लाबासी सबैलाई एकत्रित गर्दै जाने अध्यक्ष युबराज पाण्डेले बताए । कार्यक्रम सम्योजक भरत पाण्डे , ब्यबस्थापनमा खटिनु हुने पुकार शाह बल बहादुर मल्ल ,बैरागी माइला ,लेखनाथ पोख्रेल ,बाबुराम आचार्य लगायत बिशेष अथिती एन आर एन ए कोरिया अध्यक्ष राजु क्षेत्री ,रुपन्देही समाज का हरि गौतम  लगायत कार्यक्रममा सहभागी सबैलाई संस्थाले धन्यवाद ब्यक्त गरेको छ ।
यतिबेला कोरियामा निकै गर्मी बढेको छ । प्रायजसो कम्पनी हरुमा गर्मी बिदा हुने र त्यही बिदामा धेरैको रोजाई पिकनिक तथा समुन्द्री किनारा तर्फ हुने गर्दछ ।