धाँतिवाङमा उपचार नपाउदा जिवनमरणको अवस्थामा आमा, भोकले मर्न सक्ने खतरामा सन्तान

डिआरजी सुमन
हाम्रो स्वतन्त्र पत्रकारको टोली अर्घाखाँची सम्पर्क समितीले संकलन गरेको अग्नीपीडत राहत वितरणको लागी २०७३ साउन १७ गते विहान ०८ वजे अर्घाखाँची धाँतिवाङ पुगेका थियौ । मेरो साथमा एकजना सहकर्मी मित्र भुम वहादुर सारु प्रदीप पनी सँगै जानु भएको थियो । हामी गाविस सचिव रमेश न्यौपानेसँगको छलफल पछी विहान ११ वजे खाद्यन्न वितरण गर्ने योजना थियौ । अविरल वर्षा परिरहेको समयमा हामी छाता ओझेल पार्दै धाँतिवाङको पधेरा भन्ने स्थानमा पुगियो । जव हामी प्रभातकालिन चिया नास्ता गर्दै थियौ त्यहाँ अचानक एकजना ६०-७० वर्षको उमेरको वुवा आउनु भयो । उहाँसँग परिचय गरीसकेपछि गाँउको वस्तुस्थितिवारे जानकारी लिने काम भयो । अग्नीपीडत राहत वितरणको चर्चा चलिरहदा यहाँ अझ वढी पीडीत एक परिवार पनी छ सक्नु हुन्छ भने एकवोरा चामल भए पनी सहयोग गरेमा धेरै खुसी हुने थिए भन्ने कुरा गर्नु भयो । अनि हामीले यो पुर्व योजनाको आधारमा तय भएको कार्यक्रम भएकोले तोडमोड गर्न सकिने अवस्था हुदैन तर पछी अर्कों वैठकमा यस विषयमा छलफल गरी आवस्यक पहल गर्ने छौ भन्ने कुरा मैले गरे । यती भनिसक्दा विहानको १० वजि सकेको थियो हामी धाँतिवाङ मावीमा सामान्य अनुगमन रिपोर्टिंगमा गयौँ । विद्यार्थीको अभिवादन स्वीकार गर्दै शिक्षकको कार्यलयमा पुगीयो केहीवेरको परिचयपछी त्याहाँ पनी उनै पीडीत परिवारको गुनासो रहेको प्रधानाध्यापकले वताए । जव त्याहाँ गुनासो आयो हामीले ति वच्चालाई वोलाउन पठायौ । एक वच्चा जुन ८ वर्षीय राम वहादुर सारु थिए उनी कक्षा १ मा पढ्दा रहेछन सुन्दर रुपमा रहेको वालक कम टाठो देखीन्थ्यो ।
 उनको भाई ६ वर्षीय विजय सारु भने वालकक्षामा पढ्दैगर्दा पनी खुव टाठो चलाख देखिन्थ्यो । हामी उनको परिवारको वारेमा भित्रीरुपमै खोजी सुरु गर्न उनको दिदी पुजा सारुलाई वोलाउन पठायौ । जव हामी पुजासँग वसेर कुराकानी गर्दैगर्दा घरको अवस्था सुन्दा मेरो आँखा पनी रसाए । सुन्दर रुप मन्द मुस्कान भएकि पुजाको अहिले १५ वर्ष उमेर रहेछ । भारतको मध्यप्रदेश भोपालमा गत असोज महिनामा वुवाको मृत्यु भएपछी उनको आमा दुईवटा भाई सहित उनी नेपाल आएका रहेछन । वुवा विरामी हुनुपुर्व उनले भोपालको एक स्कूलमा कक्षा ५ मा पढ्दै रहिछिन । जव वुवा विरामी भएपछी सरकारी अस्पतालमा लगेको तीन दिनमै उनीहरुको माझवाट वुवा टोपवहादुर सारुले सदाको लागी विदा लिएर जानु भयो । वुवाले संसार छाड्नु भएपछी हिन्दु संस्कार वमोजिम काजक्रीया गर्ने काम भएछ । धन कमाउन गएका वुवा निधन भएपछी भारतमा वस्दा ज्यान पाल्न समेत कठिन हुने देखेपछी स परिवार गत वैशाखमा धाँतिवाङ आएको पुजाले वताईन ।
धनकला सारु अहिले विरामी भएको कारण चर्पीमा जान समेत नसक्ने गरी विस्तारामा छन । १५ वार्षिक छोरी पुजाले आफु दिनरात आमालाई कुरेर वस्नु परेको कारण स्कूल जाने रहर हुदाहुदै पनी पढ्न नपाएको वताउदै हाम्रो सामु आँसु वगाईन । पुजाका दाजु १८ वर्षीय अहिले भोपालको एक होटलमा नौकरी गरी वसेका छन । धाँतिवाङ ०९ जुखुदि निवासी धनकला सारुको सम्पत्तीको नाममा थोरै खरवारी वाहेक केही रहेनछ उनी हाल वडा नं ५ मा देवरको घरमा जिवनमरणको अवस्थामा छन । यो समय मृत्यु निकट पुगेको खवर धाँतिवाङवाँसीलाई राम्रोसँग थाहा भएको वताउदै आवस्यक सहयोग गर्न सकेमा ठुलो धर्म हुने स्थानीय व्यापारी थानेश्वर पौडेलले वताउनु भयो । हामी जव अग्नीपीडत राहत वितरणको लागी गाविस कार्यालयमा पुंगी औपचारिक कार्यक्रम सुरु गरियो राहत वितरणको धन्यवाद मन्तव्य दिने क्रममा धाँतिवाङ स्वास्थ्य चौकी ईन्चार्ज मित्रदेव पौडेलले भक्कानो छाड्दै त्यो परिवारको पीड़ा पस्किनु भयो । हाल सम्म उनलाई रुपन्देही धाँतिवाङ समाजले ६० किलो चामल र धाँतिवाङ स्वास्थ्य चौकीमा कार्यरत HA वविता थापाले ३० किलो चामल,२ लि तेल,२ किलो चिनी,२ किलो दाल,१ किलो नुन,१ जोड़ा चप्पल सहयोग गरेको पुजाले वताईन ।
मैले स्थानीय राजनीतिक प्रतिनिधि,पीडीत घरपरिवार,गाविस सचिव तथा कर्मचारी,व्यापारी,स्वास्थ्यकर्मी,वुद्धीजीवीहरु र शिक्षकसँगको छलफलपछी उनलाई सहयोग गर्नमा स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय पार्षदको हैसियतले आफु आवद्धता मिडिया अर्घाखाँची डटकम ऑनलाइन र अर्घाखाँची टाईम्स साप्ताहिक मार्फ़त सुचना प्रवाह गर्न सकिने छ तर आधिकारिक रुपमा गावीसको पत्र भने आवस्यक रहेको वताएपछी मित्रदेव पौडेलको समर्थनमा गाविस सचिव रमेश न्यौपानेले सहयोगको लागी अपील गरिएको पत्र लेखेर दिनु भएको थियो ।
उक्त समयमै वसेको भेलाले वच्चालाई पढाईमा निरन्तरता दिलाउँन र आमाको उपचारको लागी सहयोग जुटाउन पहल सुरु गरिदिन हामीलाई अनुरोध गरेको थियो तत् समयमा आवस्यक सहयोगको लागी सुचना मार्फ़त धेरैभन्दा धेरैलाई जानकारी गराउन पहल गर्न आफु तत्पर रहेको स्वतंत्र पत्रकार संघ जिल्ला सदस्य भुमवहादुर शुर्यवंशी प्रदीपले प्रतिपद्धता गरे । यस्तै वच्चा वा परिवारका नाममा वैकखाता खोली अकाउंट नंवर दिनको लागी आफुले सहयोग गर्न तयार रहेको व्यापारी थानेश्वर पौडेलले वताउनु भयो । यस्तै गाविस र प्रशासनिक क्षेत्रवाट आवस्यक सहयोग जुटाउन आफु तयार रहेको गाविस सचिव रमेश न्यौपानेले वताउनु भयो । उनको लागी प्राथामिक उपचार सहित विभिन्न कामको लागी आफु तयार भएको वताउदै उनको परिवारको गार्जनको रुपमा साक्षी वसेर सहयोग जुटाउन समेत तयार रहेको मित्रदेव पौडेलले वताउनु भयो । उपस्थित सवै दलका नेताहरुको पनी सहयोग रहने आस्वाशन रहदै वाहिरवाट पनी आफु सक्दो सहयोग गरी ति विरामी महिला र नावालक वच्चालाई हसिँलो वनाउनमा हाँतमा हाँत मिलाउन पहल गर्न पत्रकारलाई अनुरोध गरिएको थियो ।
यस गाविस वडा नं ९ जुखुदी निवासी टोपवहादुर सारु कि श्रीमती धनिकला सारु विगत केही समयदेखी विरामी भई कामकाज गर्न नसक्ने अवस्थामा रहेको श्रीमानको मृत्यु भएको र ४ जना नावालक छोराछोरी रहेको हुदा निजहरुको पठनपाठनमा समेत समस्या भएको निजको घरको आर्थिक अवस्था कमज़ोर भई उपचारमा समस्या भएको तथा वालवच्चाहरुको पालन पोषणमा समेत समस्या भएको हुदा नीजलाई आफुसक्दो सहयोग गरि सहज रुपमा जिवन यापन गर्ने वातावरण वनाईदिनुहुन अनुरोध गरिएको छ धाँतिवाङ गाविस सचिव रमेश न्यौपानेले हस्ताक्षर गरेको सिफ़ारिशमा उल्लेख छ ।

अतिरिक्त जानकारीको लागी : डिआरजी सुमन