राजनीतिक भाग-बण्डाका आधारमा कर्मचारी पदपूर्ति गरेपछि सन्धिखर्क नगरपालिका विवादमा

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कम्प्युटर अपरेटर सहायक स्तर चौथो खुल्ला र महिला पदको लागि लिएको परिक्षा तथा छनौटका बिषयमा व्यापक आलोचना भएको छ । 
सन्धिखर्क नगरपालिकाले लिखित, प्रयोगात्मक र अन्तर्वाता भनेता पनि अन्त्यमा राजनीतिक भाग-बण्डाका आधारमा ति रिक्त ठाउँमा पदपूर्ति गरेको थियो । जिल्लाका चार दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तर्फबाट एक एक जना छनौटमा परेका हुन् । 
नगरपालिकाले रिक्त रहेका ति पदका लागि साउन २३ गते लिखित परिक्षा लिएको थियो । भने सफल उम्मेदवारको प्रयोगात्मक र अन्तर्वाता साउन २५ गते लिएको थियो । लगतै नगरपालिकाले साउन २६ बुधवार एक पत्रीका मार्फत प्रयोगात्मक र अन्तर्वातामा सफल उम्मेदवारको नामावाली प्रकाशित गरेको थियो ।
स्यम सन्धिखर्क नगरपालिकाका अन्य कर्मचारीहरु तथा अर्घाखाँची जिल्लाका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारी, स्थानियबासी, व्यापारी, बुद्दिजिवीहरुले समेत नगरपालिकाको राजनीतिक भाग-बण्डाका आधारमा कर्मचारी पदपूर्तिको बिषयमा तिब्र असन्तुष्टी व्याक्त गरेका छन् । उनीहरुले दक्षताको आधारमा पुन: पद्पुर्ती गर्नुपर्ने सुझाब दिएका छन् । 
उता यसअघि साउन २५ गते नगरपालिकाले एकाएक परिक्षाको नाटक गरी आफ्ना मान्छे मात्र परीक्षामा सहभागी गराएको अन्य आवेदकले गुनासो गरेका थिए । भने उनिहरुले यस परिक्षा-छनौटलाई रद्द गरी पुन: दक्षताको आधारमा परिक्षा लिन अनुरोध गरेका छन् । 
विगतमा पनि कयौ काममा विवादित बन्दै आएको सन्धिखर्क नगरपालिकाको पछिल्लो छनौट प्रकृयाको बिषयलाई लिएर जिल्लाका वेरोजगार युवायुवती, विभिन्न संघसस्था, विदेशमा रोजगारीका लागि गएका अर्घाखाँचीबासीबाट लगायत सामाजिक सन्जालमा चर्को आलोचना भएको देखिन्छ । 
सन्धिखर्कका एक भुसाल व्यापारीले नाम नबताउने सर्तमा आक्रोश हुँदै भने- ‘अर्घाखाँचीमा सामान्य ठेक्का-पट्टा, योजना लगायत जिल्लाबाट कर्मचारी पदपूर्ति गर्दा राजनीतिक दलहरुको मिलिमतोमा हुने गर्दछ । यस जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेता, व्यापारीहरुको हावी छ । साथै यहाँका गाउँबाट आएका र अहिले करोडपति भएका नेता भन्नेहरु बाहिरी रुपमा राजनीतिक खोल उढेर बसेका देखिछन् भने भित्री रुपमा व्यापार, ठेक्का, विभिन्न क्षेत्रमा अवैध लगानी गरेर बसेका छन्  । उनले अगाडि भने,-‘ उनीहरुले जिल्लाका सबै योजना, ठेक्का समेत आफ्नो पक्षमा दबाब दिएर पार्छन्, यस जिल्लाका सरकारी कर्मचारी, प्रमुख सबैको मिलिमतोमा काम हुन्छ, ।  पत्रकार भन्नेको पनि त्यस्तै छ ।   
फेसबूकमा देखिएका केही प्रतिकृया: