अर्घाखाँची युवा परिषद्द्वारा सन्धिखर्कमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन (तस्बिर सहित )

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची साउन २८  । अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर  अर्घाखाँची युवा परिषद्ले  सन्धिखर्कमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  
शिविरमा  मधुमेह परिक्षण, प्रेसर जाँच, तौल जाँच सेवा उपलव्ध गराइएको थियो । डा नजिर मियाँ र डा सुरेन्द्र रायमाझीले बिरामीको स्वास्थ्य परिक्षण गरे । शिविरमा उल्लेख्यलमात्रा बिरामीहरुको उपस्थिति रहेको थियो । घरबार विहिन भएर सन्धिखर्कमा भौतारीएर डिड्ने  डन्डबहादुर विकको स्वास्थ्य परिक्षण गरि शिविरको उद्घाटन गरिएको थियो । 
अर्घाखाँची युवा परिषद्का अध्यक्ष कृष्ण भुसालले सामाजिक सेवाको भावना जागृत भएर शिविर सञ्चालन गरिएको बताए । ‘यो कार्यक्रमले  युवाहरु सामाजिक काममा लाग्नुपर्छ भन्ने सन्देश दिएको छ’ उनले भने, ‘निशुल्क प्रकारको यो शिविरले गरिव विपन्नवर्गका व्यक्तिलाई फाईदा पुगेको छ ।’
 शिविर बिहान ९ बजे देखि १ बजे सम्म सञ्चालनमा गरिएको  शिविरमा  २ सय जनाले स्वास्थ्य परिक्षण गराए । जसमध्ये १० जना मधुमेहका नयाँ बिरामी भेटिएका छन्  । अन्य १५ जना मधुमेहका बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् ।