एमाले सन्धिखर्कको कार्यालय उद्घाटन

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची साउन २९ ।  नेकपा एमाले  सन्धिखर्क नगर समन्वय कमिटीको कार्यालय एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज नजिर मियाँले व्यानर अनावरण गरेर कार्यालयको उद्घाटन गरे । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मियाँले केपि ओलीको सरकार ढाल्नमा भारतको हात रहेको बताए । उनले केपि ओलीले राष्ट्रियताको रक्षाका निम्ति खेलेको भूमिकाका आम जनताले प्रशंसा गरेको भन्दै ओलीको भूमिका इतिहासको पानामा लेखिएको बताए । ‘केपि ओलीले राखेको अडानकै कारण स्वाधीनता बनियो भएको छ’ उनले भने, ‘उहाँको भूमिका भविश्यमा अझै महत्वपूर्ण सावित हुनेछ ।’  
उनले सन्धिखर्क नगर समन्वय कमिटीले कार्यालय स्थापना गरेर काममा लागेकाले कमिटी बलियो बन्नेमा  आफूले विश्वास  लिएको बताए ।  उनले सन्धिखर्कका सबै वडाहरुमा  संगठन सुदृढिकरण गरि आगामी स्थानीय निकायको निर्वाचन बिजयी हासिल  गर्ने ढंगले लाग्न कमिटीलाई  निर्देशन दिए ।  
कार्यक्रममा  नेकपा एमाले प्रदेश नं. ५ का सदस्य पिताम्मर भुसाल, नरेन्द्र कुमार क्षेत्री, केन्द्रीय स्कुल विभागका  सदस्य बुद्धिबहादुर रायमाझी,  जिल्ला कमिटी सचिव  रामबहादुर चौहान, पूर्व अञ्चल कमिटी सदस्य  लक्ष्मण रायमाझी, सन्धिखर्क नगर समन्वय कमिटीका संयोजक युवराज श्रेष्ठ, सचिव श्रीकृष्ण भुसाल, सचिवालय सदस्य बिजुला रायमाझी लगायतले मन्तव्य राखेका थिए । 

अन्य समाचारहरु