तस्बिरमा गच्छेखोलामा बन्दै गरेको पक्की पुल

प्रेम खड्का, अर्घाखाँचीडट्कम
गच्छेखोला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्थित गच्छेखोलामा सालझण्डीदेखि सन्धिखर्क हुँदै ढोरपाटनसम्मको ट्रयाक अन्तर्गत बन्दै गरेको पक्की पुल । पुल २०७३ को असार २५ गते सम्म सम्पन्न हुनपर्नेमा अहिले सम्म पुरा हुन सकेको छैन । पुलको कुल लगानी ३ करोड २१ लाख रुपैया बढी रहेको छ ।
यस पुल पहिला गच्छे – भालुवाङ भनी २४ मिटरको राखेकोमा पछि ४९ मिटर पोल र ५५ मिटर पुल लम्बाई बनाइएको छ । स्थानियका अनुसार पहिला सर्वे भएको ठाउँमा पुल नबनाई सोझा, बोल्न नसक्ने किसानहरुका खेतबाट पुल निर्माण गरिएको छ ।  यस पुलका ठेक्दार नारायण प्रसाद बन्जाडे हुन् ।

अन्य समाचारहरु