मासु व्यवसायी संघ अर्घाखाँचीकाे अधिबेशन सन्धिखर्कमा सम्पन्न (तस्बिर सहित )

( पहिलो प्रकासित मिती: २०७३ श्रावण ३०, आइतवार)

मासु व्यवसायी संघ नेपाल अर्घाखाँचीकाे प्रारम्भिक साधारण सभा तथा प्रथम जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । गुणस्तरीय सेवा, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ होटल डायमन्डमा सम्पन्न अधिबेशनकाे उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी नारायण बहादुर खत्रीले गरेका थिए । 
गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । गुणस्तरीय सेबा हाम्रो प्रतिबद्धता भन्ने मुलनाराका साथ मासु ब्यवसायी संघ नेपाल अर्घाखाँचीको प्रारम्भिक साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 
कार्यक्रमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले  गोठ देखी ओठ सम्म सफा शुद्ध र स्वस्थ्य मासु उत्पादन तथा बिक्रीबितरण गर्नुपर्ने भन्दै सबैलाई ब्यबसायीक रुपमा पेशामा लाग्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला पशु सेबा कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख डाक्टर रामनारायण मण्डल,नेपाली काँग्रेसका महाधीबेशन प्रतिनिधि कृष्ण खनाल, नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहान,राट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल, राट्रिय जनमुक्ती पार्टीका ईन्द्र बहादुर गेलेङ, नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल,नयाँशक्ती नेपालका संयोजक खिमबहादुर बि.क,प्ग्द्यप् का डाक्टर.बालक चौधरी,उद्योग बाणीज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष सोभाखर पंन्थी, पत्रकार तथा समाजसेबि सहयोगी बि.सि,लगाएतले भेला सफलताको शुभकामना मन्तव्य राख्दै जिल्लामा एक बातावरण मैत्री बधशालाको आबश्यकता भएकोले प्राबिधिक अध्यनपछि उपयुक्त ठाउँमा बधशाला निर्माण गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
सस्थाका अध्यक्ष सकुरदिन मियाँको अध्यक्षता शिब बन्जाडेको स्वागत मन्तब्य र रामबहादुर खत्रीको संन्चालनमा सम्पन्न भएको कार्यक्रममा बार्षिक प्रगती प्रतिबेदन संस्थापक अध्यक्ष पुरन बर्माले प्रस्तुत गर्नु भएको थियो । 
उद्घाटन पछिको बन्द सत्रले पुरन बर्मा को अध्यक्षतामा ११ सदस्सीय जिल्ला कार्य समितिको निर्बिरोध चयन गरेको छ ।
समितिको बरस्ठि उपाध्यक्षमा शिबप्रसाद बन्जाडे उपाध्यक्षमा हुम बहादुर बन्जाडे, महासचिव राम बहादुर के.सी,सचिव कृष्ण प्रसाद अधिकारी,कोषाध्क्षमा ओजिर मिया निर्बाचित हुनुभएको छ ।यसैगरी संस्थाका निबर्तमान अध्यक्ष सकुरदिन मिया पदेन सदस्यमा रहनुभएको छ भने सदस्यहरुमा शान्त बहादुर सेजवाल,जनक पुन,निर्मला रोका र प्रेम बहादुर सिङजाली चयन हुनुभएको छ ।
यस्तै अधिबेसनले पत्रकार गोपाल भट्टराईलाई संस्थाको प्रेस सल्लाहकारको रुपमा नियुक्त गरेको सहकर्मी श्याम प्रकाश घिमिरेले जानकारी दिनुभएको छ ।