प्रागको आयोजनामा सिद्दारा गाबिसका ३ ठाउँमा तीज गीत प्रतियोगिता सम्पन्न (तस्बिर सहित )

सिद्दारा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।   भोकालाई १ छाक भोजन होइेन जिउन सिकाउ भन्ने नारा सहित किसानका लागि उन्नत बिउबिजन कार्यक्रम अन्तर्गत Heifer International Nepal को सहयोग तथा सिद्दारा गाबिसको स्थानिय साझेदारीमा प्रकाश सचेतन समुह ( प्राग) अर्घाखाँचीले अर्घाखाँची जिल्लाको अती विकट क्षेत्रमा रहेको सिद्दारा गाबिसमा सन्चालन गरी रहेको बाख्रा बिकास कार्यक्रममा महिला समुह बिच कृषि, पशुपालन, आधारशिला, सरसफाई र पोषण अन्तर समुह मैत्रिपूर्ण तीज गीत प्रतियोगिता सिद्दारा गाबिसका ३ ठाउँमा सम्पन्न भएका छन् । 
प्रागका प्राबिधिक समायोजन प्रेम लाल भुसाल, समुदायिक सहजकर्ता केशव राज बेल्बासे, राधा खनाल, बिष्णु पौडेलको अधक्ष्यता, बाबुराम आचार्य, कमल आचार्यको सन्चालन तथा कार्यकारी निर्देशक प्रेम नारायण गैरेको प्रमुख आतिथ्यता, स्थानिय समाजसेवी तथा वार्ड नागरिक मन्चका समायोजकहरुको आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा ३० वटा स्वबलम्बी समुहहरुले भाग लिएका थिए । 
प्रतियोगी समुहहरुले हेफर आधारशिलाले आफुहरुको जीवनमा आमुल परिवर्तन गरेको, व्यवस्थित पशुपालनमा लागेको, बालबच्चा  गर्ववती आमा तथा बुढाबुढीहरुलाई पोषण युक्त खानाका लागि घरमै करेशाबारी बनाई तरकारी खेती गरेको, पूर्ण सरसफाईका कृयाकलापहरु सन्चालन गरेको, फोहोरको उचित व्यवस्थापना गर्ने बानीको बिकास भएको र कार्यक्रमले गर्दा आमादिदी बहिनीहरुमा बोल्ने बानीको बिकास भएको जस्ता भाव व्यक्त गरेका थिए । 
 
कार्यक्रम स्थानियमा स्थानिय जनताको उल्लेखिय उपस्थित रहेको प्रागका प्राविधिक समयोजक प्रेम लाल भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिएका थिए ।