सिद्धारामा आधारशिला, सरसफाई र पोषण सम्बन्धि अन्तर समुह स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न (तस्बिर सहित )

सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) हो काले एक छाक
भोजन हैन जिउन सिकाउ भन्ने नारा सहित किशानका लागि उन्नत बिउ बिजन कार्यक्रम
अन्तर्गत हेफर इन्टरनेसनल नेपालको सहयोग तथा सिद्धारा गाबिसको स्थानीय साझेदारितामा
प्रकाश सचेतन समुह अर्घाखाँचीले अर्घाखाँची जिल्लाको अति बिकट क्षेत्रमा महिला
समुह बीच कृषि, पशुपालन,आधार्सिला सरसफाई र पोषण सम्बन्धि अन्तर समुह मैत्रीपूर्ण
तीज गीत प्रति 
योगिता सिद्धारा गाबिसका तिन ठाउमा सम्पन्न भएका छन्

प्रागका प्राबिधिक संयोजक प्रेमलाल भुसाल, सामुदायिक सहज
कर्ता केशबराज बेलबासे, राधा खनाल, बिष्णु पौडेलको अध्यक्षतामा बाबुराम आचार्य कमल
आचार्यको संचालन तथा कार्यकारी निर्देशक प्रेम नारायण गैरेको प्रमुख आथित्यतामा
स्थानीय समाजसेबी तथा ओडा नागरिक मंचका संयोजकहरुको आथित्यतामा सम्पन्न भएको
प्रतियोगितामा ३० वटा स्वाबलम्बी हरुले भाग लिएको थिए

प्रतियोगी समूह हरुले हेफर आदरसिला आफुहरुको जीवनमा आमुल परिबर्तन गरेको
ब्यबस्थित पशुपालनमा लागेको बाल बच्चा गर्भवती आमा तथा बुढाबुढीहरुलाई पोषणयुक्त
खानाका लागि घरमै करेसाबारी बनाउने तरकारी खेति गरेको पूर्ण सरसफाई क्रियाकलाब
गरेको फोहोर ब्यबस्थापन  बोल्ने बानीको
बिकास जस्ता भाब ब्यक्त गरेका थिए

 

कार्यक्रम स्थानीय जनताको उल्लेखनीय उपस्थिति रहेको प्रागका
प्राबिधिक संयोजक प्रेमलाल भुसाल ले जानाकारे दिए