मध्यपूर्वी देश सिरियामा सरकारी र विद्रोही पक्षबीच केही वर्षदेखि द्वन्द्व जारी छ। सिरियाका विभिन्न
भागमा दिनदिनै बम बारुद विस्फोट भइरहेका हुन्छन्। हवाई आक्रमण पनि हुन्छन्। अलेप्पोमा
विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई अक्रमणपछि ध्वस्त भएको भवनबाट उद्दार गरेर
एम्बुलेन्स बसिरहेका एक बालकको तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा यसको
व्यापक चर्चा भइरहेको छ। मानिसहरुले यो तस्बिर सेयर गरिरहेका छन् साथमा आक्रोश पनि
पोखिरहेका छन्।
चिकित्सकका अनुसार तस्बिरमा देखिएका बालक ५ वर्षका
छन् र उनको नाम ओमरान दाक्निस हो। ओमरानको परिवारका अन्य सदस्यको अवस्था भने अहिलेसम्म
पनि अज्ञात नै रहेको छ।
सिरियन सुरक्षाकर्मीलाई अलेप्पोमा शहरमा पूर्ण नियन्त्रण
रसियन सेनाले हवाई आक्रमण गरी सिरियाली सुरक्षाकर्मीलाई सहयोग गरिरहेको छ।
हवाई आक्रमणमा परी केही साता यता सो क्षेत्रमा सयौं सर्वसाधारण मारिएका छन्
।
विद्रोहीको कब्जामा रहेको
कतेर्जी क्षेत्रमा भएको हवाई आक्रमणमा परी घाइते भएका उक्त बालकलाई बुधबार राति प्यारामेडिकहरुले उद्दार गरी अस्पताल पुर्याएका
थिए। बालकको उपचार गरेका अलेप्पो क्षेत्रमा कार्यरत एक डाक्टरका अनुसार ती बालकको टाउकोमा
चोट लागे पनि मतिष्कमा भने कुनै समस्या भएको थिएन। उनी उपचारपछि अस्पतालबाट फर्किसकेका
छन्। सेतोपाटीमा समाचार छ ।