दीपक भुसाल
काठमांडौ संवाददाता अर्घाखाँची डटकम, २०७३ भदौ ०४ शनिवार । नेकपा एमाले निकट अर्घाखाँची काठमाडौ सम्पर्क मन्च द्वारा आयोजित नेपाली माहिलाहरुको माहान चाड हरितालिका तिजको अबसरमा बिशेष कलाकारको साथमा तिज गित कार्यक्रमका साथै दर खुवाउने कार्यक्रम देबकोटा सदन डिल्लि बजार काठमाडौंमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष्य नेतृ अस्टलक्ष्मी साक्यको प्रमुख अतिथित्य रहेको कार्यक्रममा महिला अधिकारहरुले संवैधानिक ब्यबस्थाको बारेमा गीत प्रस्तुत गर्नु भएको थियो । रुढीबादी कुराको अन्त्यगर्दै स्वस्थ्य रहन र भोकै व्रत बस्नु न पर्ने कर्मगर्नु पर्ने कुराम जोड दिदै तीज विशेष मन्त्ब्य राख्नु भएको थियो । नेकपा एमाले लुम्बनी काठमाडौं सम्पर्क कमीटिका अध्यक्ष थानेशोर बस्याल, उपाध्यक्ष तथा उधोग बाणिज्य बिभागका सदस्य गोपाल खनाल,सांसद दुमन थापा तथ नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष जिबनारयण कोइराला लगाएतको मन्तव्य रहेको थियो ।
उक्त कार्यक्रममा अर्घाखाँचीबाट विभिन्न पेसा व्यावसायिक अध्यायन तथा विभिन्न कामको शिलशिलामा काठमाडौंमा वसोवास गर्ने सयौंको संख्यामा दिदिबहिनी तथा दाजु भाइ को उपस्थिति थियो । कार्यक्रमलाई अर्घाखाँची घर भई कलाकरिताको क्षेत्रमा स्थापित कलाकार जमुना सनम,मैनारेश्मी मगर,मन्जु गुरुङ,मधुसूदन बन्जाडेले गीत प्रस्तुत गरि माहोल लाई रोमान्चित बनाएका थिए । कार्यक्रम नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मन्चका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षता उपाध्यक्ष क तरा ढुंगाना को सन्चालनमा भएको थियो ।
– तस्वीर: दीपक भुसाल/अर्घाखाँची डटकम काठमाण्डौ