राष्ट्रिय जनमोर्चा धारापानी गाँउ समितिको नुनथलामा प्रशिक्षण भेला सम्पन्न, संविधान कार्यान्वयनमा संघियता बाधकभएको के.सी. भनाई

गोपाल प्रसाद भट्टराई
धारापानी,  अर्घाखाँची । संविधान कार्यान्वयनमा संघियता बाधक हुने भएकाले संघियता खारेजीको विकल्प नभएको राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले बताउनु भएको छ ।
धारापानीमा ।
गाँउदेखि गाँउसम्म अभियान कार्यक्रम अन्र्तरगत राष्ट्रिय जनमोर्चा धारापानी गाँउ समिति अर्घाखाँचीले आज वडा नम्बर १ को नुनथलामा आयोजना गरेको कार्यक्रर्ता प्रशिक्षण भेला कार्यक्रममा बोल्दै नेता के.सीले  संघियताको कारण  देश चकनाचुर हुने भएकोले संघियताको खारेजी हुनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा कृष्ण बन्जाडे,कृष्ण सुनार ,जुना सुनार ,मोहन नेपाली लगाएतले  प्रशिक्षणत्मक मनतब्य राखेका थिए । कार्यक्रम मान बहादुर सुनारको अध्यक्षता ज्ञान प्रसाद पाण्डेको स्वागत र ठाकुर पन्थीको संचालनमा संपन्न भएको हो ।   

अन्य समाचारहरु