सन्धिखर्क – गोरसिङ्गे सडक खण्डमा बजार अनुगमनलाई तिब्र, १०८ लिटर लोकल मदिरा नष्ट, ५ बटा तराजु काँटा जफत

अमराई, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सन्धिखर्क – गोरसिङ्गे सडक खण्डमा बजार अनुगमन कार्यलाई तिब्र पारेको छ । 
प्रशासनले शनिबार गोरसिङ्गे-सन्धिखर्क सडक खण्ड अन्तर्गत हिलेखोला, चाक्ला, अमराई, भेडामारे, ठाडा, सुपा देउराली बजार, नरपानी, घुम्ती लगायतका स्थानमा अनुगमन गरेको हो । टोलीले ६५ भन्दा बढी पसल अनुगमन गरेको थियो । 
अनुगमनका क्रममा १०८ लिटर लोकल मदिरा नष्ट गरेको थियो । यस्तै वजन कम गरेको आरोपमा ५ बटा तराजु काँटा जफत गर्नुका साथै कयौ म्याद सिद्दिएका अखाद्य पदार्थ जफत गरिएको थियो ।   
अनुगमन टोलीले सन्धिखर्क – गोरसिङ्गे सडक खण्डमा सन्चालनमा रहेका खाजा, रेष्टुरेन्टहरुमा सरसफाईको लागि सुझाब दिएको छ।  

अन्य समाचारहरु