तिज नजिकिदै जाँदा अर्घाखाँचीमा तिजको रौनक बढ्दो, किमडाँडामा खुल्ला तिजगित प्रतियोगिता कार्यक्रम सम्पन्न (भिडियो, तस्बिर सहित )


गोपाल प्रसाद भट्टराई
किमडाँडा,अर्घाखाँची । नेपालीहरुको महान चाड हरितालिका तिज नजिकिदै जाँदा अर्घाखाँचीमा तिजको रौनक बढ्दै गएको छ ।
जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल बिभिन्न संघ-संस्था,आमा समुह र सहकारीले मात्रै होइन राजनितिक दलहरुको समेत आयोजनामा यतिबेला अर्घाखाँचीका गाउँ-गाउँमा तिजगित प्रतियोगिता तथा तिजमेला लागिरहेका छन् ।
यसैबिच लालीगुराँस महिला विकास बचत तथा ऋण सहकारी संस्था सन्धिखर्क किमडाँडाको आयोजनामा किलारा प्राथमिक विद्यालय किमडाँडामा शनिबार खुल्ला तिजगित प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
बिभिन्न संघ-संस्था,महिला समुहबाट गरी १२ वटा टिमले प्रतिस्प्रधा गरेको मानव बेचबिखन र लैङ्गिक हिंसा न्युनिकरण बिषयक खुल्ला तिजगित प्रतियोगिता कार्यक्रममा महिला तथा बाल-बालिका कार्यालय अर्घाखाँचीकी कार्यालय प्रमुख दिपा घिमिरेले प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै पछिल्लो समयमा बढ्दै गएको मानवबेचखिन र लैङ्गिक हिंसा न्युनिकरण गर्न घरबाटै सचेत हुनुपर्ने भन्दै चाडपर्वहरुलाई पनि अभियानको रुपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
प्रतियोगितामा मिलन महिला विकास समुह सन्धिखर्क-१० प्रथम,सयपत्री महिला विकास समुह सन्धिखर्क-११ द्धितिय,किशोरी समुह सन्धिखर्क-१० तृतिय र जनशान्ति प्राथमिक विद्यालय सन्धिखर्क-१० सान्त्वना भएका छन् ।
प्रतियोगिताका बिजेताहरुलाई क्रमश: ५ हजार,३ हजार ५ सय,२ हजार ५ सय र १ हजार ५ सय नगद सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।
आयोजक संस्थाकी अध्यक्ष जानका बन्जाडेको अध्यक्षता,गिता थापाको स्वागत मन्तव्य र कृष्णा भुसालको संचालनमा सम्पन्न भएको प्रतियोगितामा बिभिन्न राजनितिक दलका प्रतिनिधि,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष सहयोगी बि.सी., महिला तथा बाल-बालिका कार्यालयकी बेल कुमारी परियार,प्रध्यापक द्धोय सुरज सारु,मन्जु पौडेल र सन्चारकर्मी लगायतको बिशेष उपस्थिति रहेको थियो ।