अर्घाखाँचीमा दुर्घटना न्यूनिकरण सम्बन्धि -याली सम्पन्न

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लामा दुर्घटना न्यूनिकरण सम्बन्धि -याली सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय को आयोजनामा सम्पन्न -यालीमा सयौं स्थानीय बासीन्दाको सहभागिता रहेको थियो । सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचा बाट निस्किएको -याली  सन्धिखर्कको मेनरोड हुँदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । 
कोणसभामा मन्तव्य राख्ने वक्ताहरुले ट्राफिक नियम उलंघनका कारण सवारी दुर्घटना हुनेगरेको बताउँदै, कडाईका साथ ट्राफिक नियमको पालना गरीनु पर्नेमा जोड दिए । चालक,सवारी धनि,यात्रु र बटुवाले साबधानी अपनाएमा सवारी दुर्घटना रोकीनेमा  वक्ताहरुको जोड थियो । उनीहरुले सवारी साधन बिस्तारै चलाउन,मधिरा सेबन गरेर सवारी नचलाउन,सीट भन्दा बढी यात्रु गाडीमा नराख्न,गाडी चलाउँदा चालकले मोबायलमा कुरा नगर्न आग्रह गरे । 
यसरी मन्तव्य राख्नेहरुमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवरत्न पौडेल,सामुदायीक सेवा केन्द्रका अध्यक्ष राम बहादुर चौहान, देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेद्र खड्का,पत्रकार महासंघका  अध्यक्ष शोभाखर पन्थी,प्रहरी निरीक्षक कुल प्रसाद चौधरी लगायत हुनुहुन्थ्यो ।
यसैबीच प्रहरीले आजै सदर मुकाम सन्धिखर्कमा संचालन हुने सबारी साधनमा चेक जाँच गरी चालक र यात्रु लाई प्रशिक्षण समेत दिएको थियो । केहिदिन यता जिल्लामा प्रहरीले ट्राफिक जाँचमा कडाई गरेको छ । प्रहरी र ट्राफिक प्रहरीले ट्राफिक जाँचमा जती नै कडाई गरेपनि सदरमुकाममा तिब्र गतिमा साना तथा ठूला सवारी साधन संचालन गर्दा निक्कै समस्या हुने गरेको स्थानीय बासीन्दाको गुनासो छ ।