जातिय समता समताको तिन दिने प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सन्चालन

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । दलित उत्पीडित र निमुखा जनताहरुको हक अधिकारको लागी सबै जनताहरु अग्रसर भएर अगाडी बढ्नु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । 
राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाज जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको दलित चेतना अभिबृद्वि प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो धारणा ब्यक्त गरेका थिए । 
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै समाजका संस्थापक अध्यक्ष एवम राष्ट्रिय जनमोर्चाका नेता सन्तबहादुर नेपालीले समाज बदल्नको लागी अगी बढेको हाम्रो यात्रामा तत्काल केहि असहज देखिएता पनि भोलीका दिनहरुमा सत्यको बिजय हुने भन्दै जातिय सामन्तबाद र साम्राज्यबादका बिरुद्व लड्न शसक्त संगठनको निर्माण गर्नु पर्नै कुरामा जोड दिनु भएको थियो । 
कार्यक्रमा मनतब्य राख्दै राजमो केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले आफ्नो अधिकारको लागी आफै सचेत हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । 
प्रशिक्षण कार्यक्रमको उद्घाटनमा समाजका केन्द्रिय सल्लाहकर रामबहादुर नेपाली,अखिल नेपाल महिला संघकि केन्द्रिय उपाध्क्ष सकुन्तला राना,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर संघका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सि, अखिल नेपाल युबक संघका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष कबिराम खनाल,अन्टुकका जिल्ला अध्यक्ष सिद्धी भट्टराई,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे,युबक संघका ठाकुर पन्थी,रक्तिमका बिष्णु के.सी लगाएतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 
कार्यक्रम समाजका जिल्ला अध्यक्ष राम बसुको अध्यक्षता,चेतबहादुर बि.क.को स्वागत मनतब्य र प्रेम नेपाली को संचालनमा सम्पन्न भएको थियो । प्रशिक्षण भदौ ९,१० र ११ गते गरी तिन दिन सम्म सन्चालन हुने छ ।

पहिला प्रकासित समाचार:   
चुत्राबेशी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाज अर्घाखाँचीको आयोजनामा दलित चेतना अभिवृद्धि सम्बन्धि प्रशिक्षण कार्यक्रम शुरु भएको छ । 
३ दिने भाद्र ०९, १०, ११ गते सम्म चल्ने प्रशिक्षण कार्यक्रमको समाजका संस्थापक अध्यक्ष तथा राजमो नेता सन्त बहादुर नेपालीले उद्घाटन गरेका थिए । 
चुत्राबेशीको मसाल बजारको पार्टी कार्यालयमा चलिरहेको उक्त प्रशिक्षण कार्यक्रममा दर्जनौ कार्यकर्ताको उपस्थिती रहेको छ ।