जिल्ला कारागार अर्घाखाँचीका कैदीबन्दीहरुलाई मनोरन्जन र खेलकुदका सामाग्री प्रदान (कैदीबन्दीहरुले पाउने सुबिधा यस्तो छ)

Image result for जिल्ला कारागार अर्घाखाँची
जिल्ला कारागार अर्घाखाँची, आटिकापाटा- सन्धिखर्क । फाइल 
आटिकापाटा- सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित जिल्ला कारागार अर्घाखाँचीका  कैदीबन्दीहरुलाई मनोरन्जन र खेलकुदका सामाग्री प्रदान गरिएको छ । 
जिल्लाका व्यापारी एवम कर्मचारीहरुले कैदीबन्दीहरुलाई विभिन्न मनोरन्जन र खेलकुदका सामाग्री प्रदान गरेका हुन् । कैदीबन्दीहरुले समय बिताउन भन्ने उदेश्यले ति ब्यक्तिहरुले सामाग्री प्रदान गरेका हुन् । 
कारागार प्रमुख यज्ञश्वर पन्थी अनुसार हाल जिल्ला कारागार अर्घाखाँचीमा विभिन्न प्रकृतिका घटनामा दोषी ठ्हरिएका २६ जना, मुद्दा चलेका र अनुसन्धान हुन बाँकी ३ जना गरि २९ जना कारागारको थुनामा रहेका छन् । अर्घाखाँची जिल्ला र जिल्ला बाहिरका ति कैदीबन्दीहरु  ६ महिना देखि २० बर्ष कैद भुक्तान गर्न सो कारागारमा रहेका छन् । 
बन्दीकैदीहरुले अहिले बाँसका मुढाहरु तैयार गर्दछन् । 
सहयोग प्रदान गर्ने ब्यक्तिहरुको विवरण
जिल्ला कारागार अर्घाखाँचीका कैदीबन्दीहरुले पाउने सुबिधा यस्तो छ: