धरानमा एकसाताकी सुत्केरी महिला बलात्कार

एकसाताको सुत्केरी महिला बलात्कार गरेको आरोपमा धरान-१५ बाझोगरा बस्ने ३६ बर्षीय धनबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दमाई विरुद्ध इलाका प्रहरी कार्यालय धरानले शुक्रबार नै जवर्जस्ती करणी ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
दमाइले धरान-१५ बस्ने सुत्केरी महिलालाई हतियार देखाएर बलात्कार गरेका वयान दिएका छन् ।  गत बुधबार राती सुत्केरी महिला बलात्कार गरेर फरार रहेका दमाइलाई शुक्रबार प्रहरीले श्याम चोकबाट पक्राउ गरेको हो ।
बलात्कृत सुत्केरी महिला रगतपच्छे भएको अबस्थामा अभियुक्त दमाईकै घरबाट छिमेकीले उद्धार गरेका थिए । पिडित महिलाको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बलात्कृत भएप्छि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बिहिबार डिस्चार्ज गरिएको थियो। तर डिस्चार्ज भएर घरमा आएपछि पिडित महिलाले शुक्रबार बेलुका आत्माहत्या गर्ने प्रयास गरेकी थिईन् । पिडित महिलाले आत्महत्या प्रयास र रक्तस्राब भएपछि थप उपचारकालागि पुन: अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाका श्रीमान रिक्सा चलाउछन् । कान्तिपुरमा समाचार छ ।