हंसपुरमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो (मृतकको विवरण, भिडियो-तस्बिर सहित )
भाद्र १२ गते, २०७३ मा प्रकाशित
सुर्य भुसाल, प्रेम खड्का, अर्घाखाँचीडट्कम
हंसपुर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । घटनास्थलमा ९ जनाको र २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो ।
दुर्घट्नामा ७ जना घाइते भएका छन् । गम्भीर घाइते मध्ये ४ जना सुरज खनाल जिबलाल पोख्रेल अर्जुन नेपाली यमकला कुवरलाई थप उपचारका लागि बुटवल पठाइएको छ । भने २ जना धारापानी रातामाटाका मुना पौडेल वर्ष ११ र कबिता पौडेल वर्ष १३ को जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।
सन्धिखर्कबाट दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको जिप हंसपुर ५ र ९ को बीचमा पर्ने सडकबाट करिब सात सय मिटर तल खस्दा ढुङ्गामा अड्किएको थियो । जीप करिब ३:१५ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा गाडी धनि नारायण बहादुर राना समेत रहेका छन् ।
देउराली यातायात व्यवसायी समितीका अनुसार जीपका लागि सन्धिखर्क टिकट काउन्टरबाट १२ जनाले टिकट काटेका थिए । जीपमा १९ यात्रु सवार थिए । गाडी दुर्घट्ना भएको स्थान उकालो छ । उकालो चढदै गर्दा ब्रेक फेल भएर जिप दुर्घटना भएको बताइएको छ । जीप चालक गुल्मीका उत्तम श्रीसलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटना हुन लाग्दा उनी गाडीबाट हाम फालेर भागेका थिए ।
मृतकको विवरण यस प्रकार छ:
१- नारायण बहादुर राना ( गाडी धनी ) , किमडाँडा, अर्घाखाँची
२ – देव बहादुर थापा हंसपुर- १ वर्ष ३६ , अर्घाखाँची
११ – सिता नेपाली, सन्धिखर्क नगरपालिका – २, अर्घाखाँची
दुर्घटनामा नाबालक बच्चा बाचे, आमा मरिन्
हंसपुर दुर्घटनामा नाबालक बच्चा बाँच्न सफल भएका छन् । तर सन्धिखर्क नगरपालिका – २ सिता नेपालीको घटनास्थलमा मृत्यु भएको छ । बच्चाको नाम खुल्न सकेको छैन ।
मृत्युसँग लडेर बाचेका दुई बालिका: धारापानी रातामाटाका मुना पौडेल वर्ष ११ र कबिता पौडेल वर्ष १३