हंसपुर जिप दुर्घटनाले अर्घाखाँची शोकमा

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची हंसपुरमा ११ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनाले पुरा जिल्ला शोकमा डुबेको छ ।

सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको  जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा ११ जनाको मृत्यु भयो ।  घटनास्थलमा ९ जनाको र २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा  मृत्‍यु भएको थियो । दुर्घट्नामा ७ जना घाइते भएका छन् ।
दुर्घटनाको समाचार अर्घाखाँचीडट्कम लगायत एफ.एम रेडियो, राष्ट्रिय समाचारमा आउन थालेपछि जिल्लाभर धेरैको चुलोमा अवेरा सम्म आगो बलेन ।  कयौ सन्धिखर्कबाट नै घटनास्थल हंसपुरमा नै पुगे । भने घाइते ल्याइएको जिल्ला अस्पताल सन्धिखर्कमा भिडै-भिड भयो ।
अर्घाखाँचीका सडकमा हरेक पटक ठुला-ठुला गाडी दुर्घटना हुँदै आएका छन् । बर्षनी दर्जनौ मानिसहरुले ज्यान गुमाएका छन् ।
त्यसैगरि जिप दुर्घटना भएको खबरले जिल्ला सोकमग्न भएको छ । जिल्लामा तिजको रौनक्ता छाएको बेला जिप दुर्घटना भएको खबर अाएपछि जिल्लाबासी भाबुक भएका हुन जिल्लामा अाज कहिकतै तिजगित समेत नभएको बताएको छ ।
त्यस्तै हंसपुरमा भएको जिप दुर्घटना प्रति बिभिन्न संघ – संस्था, राजनीतिक दलले गहिरो दु:ख व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस अर्घाखाँचीले गहिरो दु:ख ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गरेको छ । काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले अाज विज्ञप्ती प्रकाशित गरि जिप दुर्घटनामा परि मृत्युु हुने मृत्तकहरु प्रति श्रर्दानजलि ब्यक्त गर्दै घाइतेलाई सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्ने ब्यबस्था मिलाउन सम्बन्धि निकायको ध्यानाकर्षण गराउदै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै जिल्लाबाट एमाले, मसाल, माओवादी लगायतका राजनीतिक दलहरुले हंसपुरमा भएको जिप दुर्घटना प्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
मृतकको विवरण यस प्रकार छ:
१- नारायण  बहादुर राना ( गाडी धनी ) , किमडाँडा, अर्घाखाँची
२ – देव बहादुर थापा हंसपुर- १ वर्ष ३६ , अर्घाखाँची
३- मीनबहादुर केसी , ( रामु ) हंसपुर- ४ , अर्घाखाँची
४ – राम बहादुर घर्ती मगर हंसपुर – ५ , अर्घाखाँची
५- हुम बहादुर घम हंसपुर- ५ , अर्घाखाँची
६- कमला पौडेल वर्ष ३६, धारापानी – ६, अर्घाखाँची
७- बुद्धि राम परियार वर्ष ५५,  भनभने १ , गुल्मी
८- भेष बहादुर थापा, वर्ष ५५   पुर्कोदह ८- गुल्मी
९- शिव बहादुर कुवर,  पुर्कोटदह, गुल्मी
१०- सोभा सिंह रोक्का,  बाङगेमरोठ, प्युठान
११ – सिता नेपाली, सन्धिखर्क नगरपालिका – २, अर्घाखाँची
सम्बन्धित समाचार: