दुरसन्चारले लेनलाईन टेलिफोन सेबा बिस्तार नगर्दा दक्षिण खाचिबासी मर्कामा

ठाडामा । फाइल 

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  नेपाल दुरसन्चार सस्थान अर्घाखाँचीले दक्षिणखाचिमा  पिएचटी अर्थात लेनलाईन टेलिफोन सेबा बिस्तार नगर्दा दक्षिण खाचिको ब्यापारिक केन्द्र मानिने ठाडाबजार बासिहरु मर्कामा परेको स्थानीयले गुनासो गर्न थालेका छन् । 
पुरानो सदरमुकाम समेत बसेको ठाउँ तथा अर्घाखाँची जिल्ला को सबैभन्दा ठुलो भुगोल समेटेको दक्षिण खाचि अन्तरगत सिद्दारा, जलुके, जुकेना, सिमलपानी सितापुर सुबणखाल लगायतका गाबिसहरुको ब्यापारिक केन्द्र तथा प्रसासनिक केन्द्र भएको सो ठाउमा लेनलाईन टेलिफोन सेबा नहुदा त्याहाका जनताहरु मर्कामा परेको र अाफुहरुले पहल समेत गरिरहेको नेपाली काङ्ग्रेस दक्षिण खाचिका युबानेता नारायण सिह बेल्बासेको भनाइ छ ।
 सो ठाउमा सुचना र प्रबिधि को जमानामा अहिले सम्म PTH टेलिफोन नहुदा त्याहाका बित्तिय सस्थाहरुलाई समेतकाम गर्ने कठिनाइ भईरहेकोले जनताको माग बमोजिम अाफुहरुले पहल गरिरहेकाले छिटोभन्दा टेलिफोन सेबा बिस्तार हुनेमा अाफुहरु अासाबादि रहेको काङ्ग्रेसका युबानेता नारायण सिंह बेल्बासेले बताउनु भयो  । 
सघिय सरचनामा समेत अहिले डम्बरु दह नगरपालिका बनाउने जिल्ला स्तरिय सहमति भएको सो ठाउँमा लेनलाईन टेलिफोन सेबा नहुनु राज्यको गम्भीर लापरबाही भएको नेपाली काङ्ग्रेस ठाडाका सभापति मोति बहादुर बेल्बासेको अारोप छ ।
 ठाडामा राष्ट्रिय बाणिज्य बैंकको शाखा साईन रेसुङ्गा बैंकको शाखा कृषि बैंकको शाखा लगायत थुप्रै सघ सस्था रहेको र लेनलाईन टेलिफोन नहुदा काम गर्न कठिनाई हुने गरेको अाफुहरुले गुनासो पाएको युबानेता नारायण सिंह बेल्बासेको भनाइ छ ।
 उता नेपाल टेलिकम अर्घाखाँचीका प्रमुख गोबिन्द पराजुलीले भने सो ठाउँमा जनताको माग भईरहेकोले छिटोभन्दा छिटो लाईन सर्भे गरेर लेनलाईन टेलिफोन सेबा बिस्तार गर्न अाफुले पहल गरिरहेकाले केही दिनमा प्रक्रिया अगाडि बढाउन अाफु लागि परेको बताउनु भयो ।