हंसपुरमा जिप दुर्घटनामा मृत्‍यु हुनेको संख्या १२

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला हंसपुरको रतनमारे नजिकै आइतबार जिप  दुर्घटनामा परी मर्नेहरुको संख्या १२ जना पुगेको छ । सोमबार अबेरा खन- ७ का सुरज खनालकाे बुटवलमा उपचारका क्रममा निधन भएको छ । यस अघि घटनास्थलमा ९ जनाको र २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा  मृत्‍यु भएको  थियो । 
दुर्घट्नामा ६ जना घाइते भएका छन् । गम्भीर घाइते मध्ये ३ जना जिबलाल पोख्रेल, अर्जुन नेपाली, यमकला कुवरको बुटवलमा  उपचार भईरहेको छ ।  भने २ जना धारापानी रातामाटाका मुना पौडेल वर्ष ११ र कबिता पौडेल वर्ष १३ को जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।
सन्धिखर्कबाट आईताबार दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको जिप प्युठानको बाँधिकोटतर्फ जाने क्रममा हंसपुर ५ र ९ को बीचमा पर्ने सडकबाट करिब सात सय मिटर तल खस्दा ढुङ्गामा अड्किएको थियो । जीप करिब ३:१५ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा गाडी धनि नारायण  बहादुर राना समेत रहेका छन् ।  
देउराली यातायात व्यवसायी समितीका अनुसार जीपका लागि सन्धिखर्क टिकट काउन्टरबाट १२ जनाले टिकट काटेका थिए । जीपमा १९ यात्रु सवार थिए । गाडी दुर्घट्ना भएको स्थान उकालो छ । उकालो चढदै गर्दा ब्रेक फेल भएर जिप दुर्घटना भएको बताइएको छ ।  जीप चालक गुल्मीका उत्तम श्रीसलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटना हुन लाग्दा उनी गाडीबाट हाम फालेर भागेका थिए ।
मृतकको विवरण यस प्रकार छ:
१- नारायण  बहादुर राना ( गाडी धनी ) , किमडाँडा, अर्घाखाँची
२ – देव बहादुर थापा हंसपुर- १ वर्ष ३६ , अर्घाखाँची
३- मीनबहादुर केसी , ( रामु ) हंसपुर- ४ , अर्घाखाँची
४ – राम बहादुर घर्ती मगर हंसपुर – ५ , अर्घाखाँची
५- हुम बहादुर घम हंसपुर- ५ , अर्घाखाँची
६- कमला पौडेल वर्ष ३६, धारापानी – ६, अर्घाखाँची
७- बुद्धि राम परियार वर्ष ५५,  भनभने १ , गुल्मी
८- भेष बहादुर थापा, वर्ष ५५   पुर्कोदह ८- गुल्मी
९- शिव बहादुर कुवर,  पुर्कोटदह, गुल्मी
१०- सोभा सिंह रोक्का,  बाङगेमरोठ, प्युठान
११ – सिता नेपाली, सन्धिखर्क नगरपालिका – २, अर्घाखाँची  
१२- सुरज खनाल, खन ७ , अर्घाखाँची 

बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु: 
१- जिबलाल पोख्रेल, बाँदिकोट प्यूठान
२ – अर्जुन खनाल, सन्धिखर्क नगरपालीका-१ अर्घाखाँची
३-  यमलाल कुँवर, पुर्कोटदह-४ गुल्मी 
अर्घाखाँचीमा उपचार हुँदै गरेका घाइतेहरु: 
मुना पौडेल धारापानी-६, अर्घाखाँची  
कविता पौडेल धारापानी-६, अर्घाखाँची  
मुना र कविता
दुर्घटनामा नाबालक बच्चा बाचे, आमा मरिन् 
हंसपुर दुर्घटनामा नाबालक बच्चा बाँच्न सफल भएका छन् । तर सन्धिखर्क नगरपालिका – २ सिता नेपालीको घटनास्थलमा मृत्‍यु भएको छ । बच्चाको नाम खुल्न सकेको छैन ।   
मृत्युसँग लडेर बाचेका दुई बालिका: धारापानी रातामाटाका मुना पौडेल वर्ष ११ र कबिता पौडेल वर्ष १३