फाइल तस्बिर
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल सरकार निजामती कर्मचारीहरुको जिल्ला स्तरीय आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको प्रहिलो बैठक सम्पन्न भएको छ ।
बैठकले कर्मचारीहरुको पहिलो एतिहाशिक निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबै कार्यलय प्रमुख सुरक्षा निकाय सन्चारकर्मि जिल्ला बासि कर्मचारी मतदाता हरु लाई धन्यवाद ज्ञापन गर्दै सबै मतदातहरु प्रती आभार प्रकट गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनु भयो ।
बैठकले जिल्ला स्थित सम्पुर्ण कर्मचारीहरुले निजामती कर्मचारीहरुले पालना गर्नुपर्ने अनुशासन पूर्णरूपमा पालना गर्दै देश र नागरिकको हितमा सधै प्रतिबद्ध भई लाग्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले अाधिकारिक टेड्युनियन कार्यलय स्थापना गर्न प्रमुख जिल्ला अधिकारीलाई अाग्रह गर्ने निणय गरेको अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।