जिबिस अर्घाखाँचीको बार्षिक समिक्षा गोष्ठी सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला बिकास समिति अर्घाखाँचीको अायोजनामा अार्थिक बर्ष २०७२ / २०७३ को बार्षिक समिक्षा गोष्ठी जिल्ला बिकास समितिको सभाहल सन्धिखर्कमा सम्पन्न भएको छ । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल को प्रमुख अथित्यता स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतमको अध्यक्ष तामा भएको समिक्षा गोष्ठीमा जिल्ला प्रसासन कार्यालय जिल्ला बिकास समितिको कार्यालय जिल्ला प्राबिधिक कार्यलय जिल्ला शिक्षा कार्यलय जिल्ला बन जिल्ला सिचाइ जिल्ला स्वाथ्य जिल्ला भु सरक्षण सालझन्डि ढोरपाटन सडक सडक डिभिजन कार्यलय कपिलवस्तु जल उत्पन्न प्रकोप नियन्त्रण कार्यलय कपिलवस्तु सहरि बिकास तथा भबन डिभिजन कार्यलय भैरहवा सन्धिखर्क नगरपालिका खानेपानि कार्यलय अर्घाखाँची कोषतथा लेखानियन्त्र कार्यलय जिल्ला कारागार महिला बिकास नापि घरेलु मालपोत कृर्षि    भेटनेरि लगाएतका बिकासि तथा अन्य कार्यलय हरुले अार्थिक २०७२ / २०७३ मा जिल्लामा सम्पन्न गरेका बिकास का कामहरु तथा त्यसबाट लाभान्वित भएका सेबाग्राहि हरुका बारेमा कार्यलय प्रमुहरुले अाफ्नो प्रगति प्रतिबेदन पेस गरेका थिए ।
११ गतेदेखि लगातार तिन दिन सम्म चलेको समिक्षा गोष्ठीमा जिल्लामा काम गर्दै अाएका सामाजिक संघ-संस्थाहरुले अाफ्नो प्रगति प्रतिबेदन पेस गरेका थिए ।
समिक्षा गोष्ठीमा नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान माहाधिबेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल नेकपा एमालेका नेता जनार्दन खनाल एकिकृत नेकपा माअोबादि  केन्द्रका सयोजक ठाकुर कुमार  बिक राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल राप्रपाका देबिबहादुर खड्का नेकपा मालेका केदार बेल्बासे जनमुक्ति पाटिका ईन्द्द गेलेङ परिबार दलका डिल्ली राज भुसालले पालै पालो समिक्षा गोष्ठीमा टिप्पणी गर्दै सम्बन्धित कार्यलयहरुलाई सुझाब दिनु भएको थियोे  ।
गोष्ठीमामा जिल्ला स्थित सरोकार वाला नागरिक समाज पत्रकार कार्यलय प्रमुखहरुको उपस्थिति रहेको थियोे  । 
कार्यक्रम शेषकान्त घिमिरेको सन्चालनमा जिबिसमा सोमबार सम्पन्न भएको हो ।