घनश्याम पौडेल ‘परिश्रमी’
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची हिन्दु जागरण युवा संगठन नेपाल जिल्ला कार्य समिती अर्घाखाँची बैठक सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकले संस्था दर्ता गर्नको लागी जिल्ला प्रशासन कार्यालय अर्घाखाँची तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पहल गर्ने, संस्था दर्ता गरिसकेपछी बैकमा खाता खोल्ने, आर्थिक जुटाउनको लागी सरकारी तथा गैरसरकारी संस्था सँग पहल गर्ने, अभियानलाई गाउँ गाउँ सम्म पु-याउन र हिन्दुत्व संरक्षण सम्वन्धी विभिन्न् सञ्चारका माध्यमवाट प्रचार गर्ने निर्णय गरेको कोषाध्यक्ष घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।
बैठक जिल संयोजक सन्तोष शाहीको अध्यक्षता तथा जिल सचिव विष्णु ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।