हंसपुरमा जिप दुर्घटनाका १२ जना मृतकहरुको शब अाफन्तलाई बुझाईयो, सबैकोअन्त्येष्टि सम्पन्न

 सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको हंसपुर गाबिस वार्ड नम्बर ५ रतनमारे नजिकै अाईतबार भएको जिप दुर्घटनामा परि घटनास्थलमा मृत्युु भएका ९ जना तथा उपचारको क्रममा मृत्यु भएका ३ जना गरि १२ जनाको शब अाज अाफन्तलाई बुझाएको छ ।  
जिल्ला अस्पताल सन्धिखर्कमा पोष्ट्मार्टमपछि अाज अस्पतालबाट शब अाफन्तलाई बुझाईएको हो ।  मृत्युु भएका सबैको अाज अन्त्येष्टि समेत गरिएको छ । 
दुर्घटना भएको स्थान हंसपुर । 
गाडी मालिक नारायण राना लगायतका केहि ब्यक्तिहरुको गच्छेघाटमा अाज अन्त्येष्टि गरिएको छ।  
गाडीधनी रानाको पार्थिक सरिरमा नेपाली काङ्ग्रेस अर्घाखाँचीले पार्टीको चारतारे झन्डा अोढाई अन्तिम श्रद्धाञ्जलि ब्यक्त गरेको छ । 
पार्टी सभापति बिष्णु प्रसाद खनाल मुस्कान, काङ्ग्रेस अर्घाखाँचीका वरिष्ट नेता कमल प्रसाद भुसालले पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जलि ब्यक्त गरेका थिए । 
मृतक सबैको अाज अाफ्नै घर नजिक लगि अन्तिम दाहा संस्कार गरिएको छ । 
मृतकको विवरण यस प्रकार छ:
१- नारायण  बहादुर राना ( गाडी धनी ) , किमडाँडा, अर्घाखाँची
२ – देव बहादुर थापा हंसपुर- १ वर्ष ३६ , अर्घाखाँची
३- मीनबहादुर केसी , ( रामु ) हंसपुर- ४ , अर्घाखाँची
४ – राम बहादुर घर्ती मगर हंसपुर – ५ , अर्घाखाँची
५- हुम बहादुर घम हंसपुर- ५ , अर्घाखाँची
६- कमला पौडेल वर्ष ३६, धारापानी – ६, अर्घाखाँची
७- बुद्धि राम परियार वर्ष ५५,  भनभने १ , गुल्मी
८- भेष बहादुर थापा, वर्ष ५५   पुर्कोदह ८- गुल्मी
९- शिव बहादुर कुवर,  पुर्कोटदह, गुल्मी
१०- सोभा सिंह रोक्का,  बाङगेमरोठ, प्युठान
११ – सिता नेपाली, सन्धिखर्क नगरपालिका – २, अर्घाखाँची  
१२- सुरज खनाल, खन ७ , अर्घाखाँची 
बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु: 
१- जिबलाल पोख्रेल, बाँदिकोट प्यूठान
२ – अर्जुन खनाल, सन्धिखर्क नगरपालीका-१ अर्घाखाँची
३-  यमलाल कुँवर, पुर्कोटदह-४ गुल्मी 
अर्घाखाँचीमा उपचार हुँदै गरेका घाइतेहरु: 
मुना पौडेल धारापानी-६, अर्घाखाँची  
कविता पौडेल धारापानी-६, अर्घाखाँची  
जिल्ला अस्पताल सन्धिखर्कमा ।